मिडिया काउन्सिल विधेयक विरुद्ध पोखरामा विरोध प्रदर्शन

पोखरा, २ जेठ /सञ्चार माध्यम माथि अंकुश लगाउने गरि प्रस्तावित मिडिया काउन्सिल विधेयक विरुद्ध नेपाल प्रेस युनियन कास्कीले बिहीबार विरोध प्रदर्शन गरेको छ ।

वर्तमान सरकारले यो वा त्यो बहानामा मिडियालाई नियन्त्रण गर्ने नियत राखेर ल्याउने तयारी गरेको आम सञ्चार माध्यम लगायतका विधेयकको खारेजीको माग गर्दै प्रदर्शन गरे । पोखराको महेन्द्रपुल देखी देखी शुरु भएको विरोध कार्यक्रममा चिप्लेढुङगा पुगेर कोष सभामा परिणत भएको थियो ।

कोण सभामा प्रेस युनिय नेपालका उपाध्यक्ष रमेश पौडेल, प्रेस संगठन कास्की नेता सन्देश श्रेष्ठ, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देल, उपाध्यक्ष प्रकास सापकोटा, सचिब प्रदिप पौडेल लगाएतले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकलाई तत्काल खारेजीको माग गरे ।

प्लेकार्ड र सञ्चार सामग्री सहित विरोध प्रदर्शन गरेका थिए । पत्रकारलाई लेख्नै बन्देज गर्ने विधेक आउनु लोकतन्त्र माथिकै हस्तक्षेप भएको उनीहरुको भनाई थियो ।

कमेन्टहरु
Loading...