लियो चौतारीको अध्यक्षमा थापा

पोखरा, २७ चैत्र /लियो क्लव अफ चौतारी पोखराको अध्यक्षमा विक्रम थापा निर्वाचित भएका छन् । चैत्र २५ गते पोखरामा सम्पन्न निर्वाचनले थापाको नेतृत्वमा वर्ष २०१७÷१८ का लागि नयाँ कार्यसमिति गठन गरेको छ जस अनुसार प्रथम उपाध्यक्षमा प्रदिप पौडेल, सचिवमा बिशाल अधिकारी र कोषाध्यक्षमा सुवास ढकाल निर्वाचित भएका छन् ।

क्लवका अध्यक्ष हरिहर पराजुलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि राम थापा, लियो जिल्ला परिषद् ३२५ बी १ नेपाल रिजन ३ का को–अर्डिनेटर बिष्णु तिमिल्सिना, क्लवका पूर्व अध्यक्षहरु बिक्रमथापा, लियो सुरेन्द्र श्रेष्ठ लगायतले बोलेका थिए ।कार्यक्रको संचालन सचिव प्रदिप पौडेलले गरेका थिए ।

कमेन्टहरु
Loading...