कास्कीमा ६ जना दृष्टिबिहिन एसइईमा सहभागी

पोखरा, १० फागुन /पोखरामा आजबाट शुरु भएको एसिईईमा ६ जना दृष्टिविहिनले सहभागीता जनाएका छन् । पोखराको अमरसिंह उच्च माध्यमिक विद्यालयबाट उनीहरु परीक्षामा सहभागीता जनाएका हुन् ।

उनीहरुले अर्को एक सहयोगी सहित परीक्षमा सहभागीता जनाएका हुन् । दृष्टि बिहिनले कक्षा ९ मा अध्ययन गर्दै गरेका विद्यार्थीलाई सहयोगीका रुपमा लेख्छन् । कास्कीमा यस वर्ष ३२ परीक्षा केन्द्रबाट १० हजार ९ सय ५१ जना विद्यार्थीले परीक्षामा सहभागीता जनाएका छन् ।

एसइई
एसइई

गण्डकी प्रदेशमा एसइई परीक्षमा ४८ हजार १ सय ४६ जना विद्यार्थीले सहभागीता जनाएका छन् । नियमित तर्फ ४७ हजार ७ सय ८२ र ग्रेड वृद्धितर्फ ३ सय ६४ जनाले सहभागीता जनाएक हुन् गण्डकी प्रदेशका ११ जिल्लामा २ सय १७ केन्द्रबाट विद्यार्थीहरु परीक्षामा सहभागीता जनाएका हुन् ।

कास्कीबाट सबै भन्दा धेरै छन् भने मनाङबाट सबै भन्दाकम ५३ जना विद्यार्थी परिक्षामा सहभागी हुदै छन् । यो वर्ष देशभरबाट कुल ४ लाख ७५ हजार ३ विद्यार्थी परिक्षामा सहभागी छन् ।

कास्कीमा ६ जना दृष्टिबिहिन एसइईमा सहभागी

कास्कीमा ६ जना दृष्टिबिहिन एसइईमा सहभागी

Posted by Ganthan.com on Saturday, March 23, 2019

कमेन्टहरु
Loading...