पोर्तुगल कास्कीको अध्यक्षमा नबिन गिरी

पोर्चुगल, २५ फागुन /पोर्तुगलमा रहेका कस्केलीहरुको साझा संस्था कास्की आदर्श सेवा समाज पोर्तुगलको पहिलो अधिबेशन शनिबार पोर्तुगलको लिस्बनमा सम्पन्न भएको छ । अधिबेशनले तदर्थ समितिका अध्यक्ष नबिन गिरी अध्यक्ष रहने गरि नया कार्य समितिको निर्बिरोध चयन गर्यो नब निर्वाचित कार्य समितिमा उपाध्यक्षहरु कृष्ण गिरि, समिक्षा सापकोटा, श्री गुरुङ र महासचिब बेल गुरुङ रहेका छन् ।

पोर्चुग कास्कीको अध्यक्षमा नबिन गिरी
पोर्चुग कास्कीको अध्यक्षमा नबिन गिरी

त्यसैगरी सचिब त्रयमा उपेन्द्र पौडेल, शान्ति पौडेल अधिकारी र तोरण सुबेदी चयन भएका छन् भने कोषाध्क्षमा रेमश आचार्य छन् ।त्यस्तै सदस्यहरुमा रिगेंद्र गिरि, दिपेश सुबेदी, दिपा हमाल, रविन परियार, सुदर्शन केसी, शिबप्रसाद अधिकारी, बिक्रम जमरकट्टेल, अर्जुन पौडेल, प्रबिना गुरुङ र बिक्रम गुरुङ रहेका छन् अधिबेशनको पोर्तुगलका लागि नेपालका अवैतनिक महाबानिन्ज्यदुत मकरबहादुर हमालले उद्घाटन गर्नु भएको थियो ।

अधिबेशनको बन्द सत्रले सस्थाको यस अघिको कास्की सेवा समाज पोर्तुगल भन्ने नामलाई परिवर्तन गरि कास्की आदर्श सेवा समाज, पोर्तुगल राख्ने निर्णय गरेको थियो तदर्थ समितिका अध्यक्ष नबिन गिरीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा एनआरएनका पिसिसि सदस्य रमेशकुमार गुरुङ, एनआएन पोर्तुगलका उपाध्यक्ष राजन थकाली, जान सम्पर्क मंचका गोबिन्द पौडेल, जन सम्पर्क समितिका तिलक गैरे, तामांग सेवा समाजका सोनाम लामा, पर्बत समाजका हेमराज सुबेदी, जनप्रगतिशील मंचका डिलाराम चापागाई, नेपाली एकता समाजका अर्जुन सुनार लगायतका वक्ताहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

समाजका महासचिब यज्ञ तिमिल्सिनाले संचालन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष रामहरी घिमिरे सुभाष ले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा पोर्तुगलमा रही बिभिन्न किसीमले सामाजिक सेवामा क्रियाशील व्यक्तित्वहरुलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो ।

कमेन्टहरु
Loading...