पोखरा, ६ बैशाख /पोखराको फेवातालमा शुत्रबार दिऊसो एक्कासी आएको हावाहुरीको कारण बोटिङ गरिरहेका तीनजना अलपत्र परेका छन् ।
तालमा बोटिङ गरिरहेको बेला एक्कासी आएको हावाहुरीको कारण एक डुंगामा पानी पसेपछि तीन जना अलपत्र परेका थिए ।
अलपत्र परेका तीनै जनालाई सशस्त्र प्रहरको तालबाराही छेउमा रहेको टावरको टोलीले सकुशल उद्धार गरेको छ ।
एक्कासी आएको हावाहुरीको कारण अलपत्र परेका सप्तरी जिल्लाको राजविराज वस्ने ४० वर्षिय बोलबम चौरसीया, २८ वर्षिय पुन्दन चौरसीय र १२ वर्षिय भाष चौरसीयालाई सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक सिग्देलको कमाण्डमा खटिएको एपीएफ टोलीले तत्कालै उद्वार गरी सो तालबाट बाहिर निकालेको थियो । उनीहरुको अवस्था अहिले सामान्य छ ।