बुटवलबाट पोखरा आउदै गरेको कार स्याङजामा दुर्घटना

पोखरा, १२ बैशाख /बुटवलबाट पोखरा आउदै गरेको कार स्याङजामा दुर्घटनामा पनि चार जना घाइते भएका छन् ।

मंगलबार स्याङजाको गल्याङ नगरपालिका १ मालुङगामा बा१३च ९५५० नम्बरको कार अनियन्त्रीत भई सडकबाट तल खसेको थियो ।

करिब ६० मिटर तल खस्दा कार चालक काठमाडौका ४७ वर्षिय देवीकृष्ण न्यौपाने, ७ बर्षिय कोबिल न्यौपाने, ३३ वर्षियकी राजश्वरी शर्मा र २४ वर्षका मैना थापा घाईते भई भएका छन् । उनीहरुको गल्याङ सामुदायिक अस्पतालमा उपचार भएको छ ।

कमेन्टहरु
Loading...