जापान जान लागेका बसन्तलाई बाराहीबाट विदाई

पोखरा, १६ वैशाख/ रेडियो बाराहीमा कार्यरत बसन्त पौडेललाई रेडियोले विदाई गरेको छ । अध्ययनको लागि जापान जाने भए पछि पौडेललाई विदाई गरिएको हो । बसन्तले लामो समयदेखि रेडियो बाराहीमा बजार प्रतिनिधिको रुपमा कार्यरत्त रहनु भएको थियो ।

रेडियोले एक कार्यक्रमको आयोजना गरी उनलाई विदाई गरेको हो । रेडियोमा रहेर काम गर्दा बसन्तले गरेको कामको रेडियोले प्रशंसा समेत गरेको थियो । बसन्तले रेडियोमा प्राविधिकदेखि बजार प्रतिनिधिसम्म रहेर गरेको काम रेडियोले उच्च मूल्याकन गरेको रेडियोका स्टेशन म्यानेजर गोविन्द सुवेदीले बताउनु भयो ।

बसन्तले काम गर्दा देखाएको ईमानदारीता, लगनशीललाई नै आगामी दिनमा निरन्तर अगाडि बढाउने बताए । विदाई कार्यक्रममा बोल्दै समाचार संयोजक प्रदिप पौडेलले अध्ययनलाई प्रति लगनशील हुन शुभकामना दिनु भयो । करिब पाँच वर्ष रेडियोमा रहेर गरेको काम समेत गरेका थिए । स्याङजा घर भएका पौडेलले अध्ययनसँगै रेडियोमा काम गर्दै आएका थिए । थप अध्ययनका लागि यसै १७ गते जापान जाने भएका छन् ।

कमेन्टहरु
Loading...