सरु दाहाल अधिकारी
आज फेरी बनावटी घर देख्दा जन्म घरको याद आयो
हजुरबाले साची राखेको खरबारीको खरको याद आयो
मेला पातो बन पाखा र घाँस दाउरो गर्न पर्ने सधै
उकालीमा थकाइ मार्ने चौतारीको बरको याद आयो
ठोट्ने खोला, बनपाले ,भएरपुजे अनि फेदी खोला
भारी बोकी हिड्नु पर्ने साघुरो तो डहरको याद आयो
गाई भैसीलाइ चराउन जानू पर्थो जङ्गल अनि भिरमा
कटुसको पात टिपी आमाले लगाएको ठहरको याद आयो
अर्म पर्म सधैको गर्नु पर्थो गाउँमा फेरि बर्खा लाए पछि
धान रोपाइँ ,कोदो रोपाइँ हुदा खेतालाको लहरको याद आयो ।