पोखरा श्रीमती हत्या काण्डः एक वर्षको देखीको योजना

पोखरा, १ साउन/ श्रीमतीको हत्या गरी जंगलमा फालेको अभियोगमा पक्राउ परेकालाई कास्की प्रहरीले बुधबार सार्वजनिक गरेको छ । मकवानपुर घर भई हाल पोखरा १० रामबजार बस्दै आएका ३८ वर्षीय रमेश नेपाली सहित अन्य सहयोगीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो ।

प्रहरीले हत्या गर्ने व्यक्ति व्यवस्था गरेको भन्दै भोजपुर नगरपालिका ५ बैंकरोड घर भर्य पोखरा महेन्द्रपुलमा बस्ने ३२ बर्षिय संजय शर्मा, सर्लाही ईश्वरपुर नगरपालिका ३ तिनघरिया घर भई पोखरा ८ पृथ्वीचोकका २६ बर्षिया चित रञ्जन कुमार शाह र अपराधिक षडयन्त्रमा सामेल रहेको भन्दै गोरखा गण्डकी गाउँपालिका ७ ध्यालचोककी १९ बर्षिया अनु परियारलाई पक्राउ गरी सार्वजीनक गरेको छ ।

हत्यामा संलग्न दुई भारतीयहरु भने फरार छन् । उनीहरुलाई ९ लाख रुपैया दिएर हत्या गर्न लगाएको प्रहरीको भनाई छ । ५ लाख दिइ सकेको र ४ लाख दिन बाँकी रहेको अनुसन्धानबा देखीको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

गत असार १ गते श्रीमती लक्ष्मी नेपालीलाई औषधि गर्न जाउ भनि पोखरा महानगर २२ पुम्दिभुम्दि स्थित ठुलढुंगाको जगंलमा लगि हत्या गरेको प्रहरीले जनाएको छ । सिद्धार्थ राजमार्गदेखि ५ सय मिटर दुरी तल शव सडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । २४ दिन पछि शव भेटिएको थियो ।

श्रीमती हत्याको योजना १ वर्ष अगाडी देखी भएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए । त्यस्तै ४ महिना अघि लक्ष्मीको युनियन लाइफ इन्सुरेन्समा १ करोडको बिमा भएको उनले बताए । प्रहरीले प्रेमका लागि यो घटाना घटाएको हो वा विमाको पैसाका लागि हो भन्ने छानबिन भइरहेको प्रहरीको भनाई छ ।

त्यसै गरि कास्की प्रहरीले ‘पेन गन’ सहित लागु औषध कारोबारीलाई पक्राउ गरेको छ । लागु औषध कारोबारीको आरोपमा पोखरा २४ कास्कीकोट घर भई हाल पोखरा ७ मासबार बस्ने सागर रानाभाटलाई पेन गन सहित प्रहरीले पक्राउ गरेको हो ।

लागु औषध ओसरपसार, बिक्री वितरण तथा हातहतियार बोकेर हिड्ने गरेको सूचनाका आधारमा प्रहरीले रानाभाटलाई पक्राउ गरेको कार्कीले जानकारी दिए । प्रहरीले एक थान ‘पेन गन’ र त्यसमा लाग्ने ७ थान गोली बरामद गरिएको बताउदै एसपी कार्कीले यसबाट हानेको गोलीले मान्छेको ज्यान जान सक्ने बताए ।

रानाभाटको साथबाट फेनारागन ६०, बुफ्रिन ६०, डाइजापाम ६० थान र नाइट्रोसन १५ चक्की विभिन्न व्यक्तिका पासपोर्ट र नागरिकता १० थान बरामद गरिएको एसपी कार्कीले जानकारी दिए ।

कमेन्टहरु
Loading...