अमेरिकी शिक्षाको बारे पोखरामा सेमिनार हुने

पोखरा, २३ फागुन/लर्निङ हाउसले अमेरिकी शिक्षा र अग्रेजी भाषा अभ्यासको लागि प्रोत्साहन गर्ने उद्देश्यले एक दिने सेमिनार गर्ने भएको छ । फागुन २८ गते पोखरा–९ न्युरोडमा रहेको दरबारथोक ब्याङ्कटमा सेमिनार राखेको हाउसका कार्यकारी निर्देशक ङवाङ गुरुङले बताए । सेमिनारमा प्रवेश निशुल्क रहेको समेत कार्यकार निर्देशक गुरुङले बताए ।

सेमिनारमा अमेरिकन एमविसीका प्रतिनिधि विलियम होलटनले किन अमेरिकी शिक्षा र अमेरिकी शिक्षाको फाइदा भन्ने विषयमा जानकारी गराउने निर्देशक गुरुङले बताए । साथै एजुकेसन युएसएका सल्लाहकार तथा युएसइएफ नेपालकी प्रतिनिधि सेलिना मल्लाले अमेरिकमा शिक्षा र विश्वविद्यलय भर्ना प्रक्रिया र छात्र वृत्तिको बारेमा जानकारी दिने गुरुङले बताए ।

कार्यक्रममा अमेरिबाट शिक्षा प्राप्त गरेका व्यक्तिहरुले पनि अमेरिकी शिक्षा र नेपाली शिक्षा विषय लगायत थुप्रै कुरामा अनुभवहरु सेयर गर्ने गुरुङले बताए । त्यस बाहेक लक्ष्य ब्यान्डको प्रस्तुति पनि रहने छ । अग्रेजी भाषा अभ्यासको लागि प्रोत्साहन र परामर्श दिने उद्देश्यले आयोजना गरिएको सेमिनारमा करिब ४ जना सहभागि रहने हाउसका सल्लाहकार सोनी गुरुङले बताइन् ।

‘यो सेमिनारले विद्यार्थीलाई मात्र होइन अविभावक र अमेरिका जान चहाने सबैका लागि फाइदा हुन्छ,’ उनले भनिन्, ‘कार्यक्रम आयोजना गरेकै परामर्श दिन हो,।’ अमेरिकाको बारेमा अनावश्यक हल्ला चलिरहेका बेला सेमिनारले प्रष्ट पार्ने उनको विश्वास छ । ‘विशेष गरी विद्यार्थीहरु अन्यौलमा परेको पाइन्छ,’ उनले भनिन्, ‘सेमिनारले अमेरिकको बारेमा चलेका धेरै भ्रमहरु हटाउने छ ।’

कमेन्टहरु
Loading...