सेक्टेम्बर ११ आक्रमणका ११ तथ्य

तश्वीरः विजनेस इनसाइडर

अमेरिकामा भएको आतंककारी हमला सेक्टेम्बर ११ को १५ वर्ष पुगेको छ। करिब ३ हजार जनाले ज्यान गुमाएको सेक्टेम्बर ११ अमेरिकन इतिहासकै कालो दिनका रुपमा गनिन्छ। सेक्टेम्बर ११ आक्रमणसँग जोडिएका केही यस्ता प्रश्नहरु छन् जसको जवाफ १५ वर्षपछि पनि भेटिएका छैनन्।

सेक्टेम्बर ११ आक्रमणका ११ तथ्य  तश्वीरः विजनेस इनसाइडर
सेक्टेम्बर ११ आक्रमणका ११ तथ्य तश्वीरः विजनेस इनसाइडर

तथ्य १
न्युयोर्कको वल्डट्रेड सेन्टरसँगै रहेका ‘वल्डट्रेड सेन्टर ७’ का नामबाट चिनिने ४७ तलाको भवन पनि सेक्टेम्बर ११ को बेलुका ५ .२० मा भत्काइएको थियो। सामान्यतया अग्ला भवनहरुलाई सुरक्षीत रूपले भत्काउन कयौं साता लाग्ने गर्छ। इन्जिनियरहरू स्वयम्‌ले सेक्टेम्बर ११ कै दिन केही घण्टामै गरिएको वल्डट्रेड सेन्टर ७ को सुरक्षित डिमोलेसनलाई आश्चर्यकारूपमा मान्ने गरेका छन्।

तथ्य २
वल्डट्रेड सेन्टरका २ वटा अग्ला भवनहरू आगलागिका कारण भत्किएका थिएनन्। भवनहरुलाई भत्काउन इन्जिनियरहरूले तयार गरेको ‘डिमोलेसन केन्द्र’ ९ जुन अग्ला भवनहरुको फेदमा राखिएको हुन्छ० मा भएको बिष्फोटका कारण वल्डट्रेड सेन्टरका दुई वटा भवन सिधै जमिनमा झरेका थिए।

तथ्य ३
वल्डट्रेड सेन्टर भवनमा प्रयोग भएका स्टिल र आक्रमणका लागि प्रयोग गरिएको विमानको राम्रोसँग अनुसन्धान गरिएको भए कस्तो खालको बिष्फोटक पदार्थ प्रयोग गरिएको थियो पत्ता लाग्न सक्थ्यो। तर, स्टिल र पग्लिएको विमानलाई तत्काल अमेरिका बाहिर पठाइएको थियो। अनुसन्धान नगर्दै अमेरिका बाहिर पठाइनुलाई आश्चर्यका रुपमा मात्र हेरिएको छैन, यसलाई संघीय अपराधका रूपमा हेरिने गरिएको छ।

तथ्य ४
सामान्यतया विमान सम्पर्क बाहिर गएको २० मिनेट भित्र फाइटर प्लेनहरुले अनुसन्धान गर्ने गर्छन्। जुन वर्षमा समान्यतया सयौँ चोटी दोहोरिने गर्छ। तर, सेक्टेम्बर ११ मा विमान सम्पर्क बाहिर गएको २ घण्टासम्म पनि कुनै खोजि तथा अनुसन्धान थालिएको थिएन।

तथ्य ५
गुप्तचर संस्थाहरुले तत्कालिन राष्ट्रति जर्व डब्लु बुसलाई पूर्ण सजावट गरिएको हलबाट अमेरिकामा आतंककारी आक्रमण गरिएको भन्ने सम्बोधन गर्न लगाएका थिए। देशमा संकट आएका बेला पूर्ण तयारी गरेर सम्बोधन गरिदैन।

तथ्य ६
सेक्टेम्बर ११ अगाडि युनाइटेड तथा तथा अमेरिकन एयरलाइन्सभित्र रहेका अपरिचित लगानीकर्ताहरुले सेयरमा लगानी गरेर ठूलो मुनाफा कमाएका थिए। अन्य एयरलाइन्सहरुले घाटा बेहोर्नु परेको थियो।

तथ्य ७
सेक्टेम्बर ११  अगाडि विश्वका अन्य ११ वटा मुलुकमा आक्रमण हुन सक्ने चेतावनी दिइएको थियो। अमेरिकन आर्मीका प्रमुख अफिसर जन आसक्रफ तथा सान फ्रेन्सीस्कोका तत्कालिन मेयर विइली ब्राउनलाई समेत कतै नउड्न सल्लाह दिइएको थियो।

तथ्य ८
सन २००० को सेप्टेम्वरमा बुस प्रशासनले निमार्ण गरेको निकोन ह्रवाक नामक समूहले पेस गरेको एक रिपोर्ट अनुसार आर्मी प्रशासनलाई बिस्तारै सक्रिय बनाउनुपर्ने सल्लाह दिइएको थियो। रिपोर्टले नयाँ पर्ल हार्वरको जस्तै घटना दोहोरिन सक्ने संकेत गरेको थियो।

तथ्य ९
बिबिसी तथा र्गाजियनले गरेको एक खोजी रिपोर्ट अनुसार ९र११ का अपहरणकर्ताहरु अहिले पनि जिवित छन्। कम्तीमा पाँच जना बिमान अपहरणकारीहरुले अमेरिकन आर्मीको बेसक्याम्पबाट तालिम लिएको न्युज विक तथा अन्य समाचारहरुले बताएका थिए।

तथ्य १०
पर्ल हार्वर घटना तथा जोन एफ केनेडी हत्या जस्ता घटनाहरुको छानबिन गर्न यसअघि अमेरिकन सरकारले एक साताभित्र आयोग गठन गरेको थियो। तर, ९र११ को आक्रमणबारे छानविन आयोग बनाउन तत्कालिन राष्ट्रपति तथा प्रसासनले ४ सय ४१ दिन लगाएको थियो।

तथ्य ११
सेक्टेम्बर ११ को घटनामा आफ्ना पति गुमाएका महिलाहरुको समूह ‘जर्सी गर्लस’ को दवावमा छानबिन आयोय बनाइए पनि उनीहरूले सोधेका कुनै प्रश्नहरुको जवाफलाई तत्कालिन बुस राष्ट्रपतिको प्रशासनले दिन सकेको थिएन। छानबिन पछि निक्सेको फाइनल रिपोर्टले समेत ‘जर्सी गर्लस’ देखाउन खोजेका प्रमाणहरुलाई समावेस गरेको छैन।

कमेन्टहरु
Loading...