तनँहुको आबुखैरेनीबाट ४ वटा पेस्तोल सहित ३ जना पक्राउ

पोखरा, १९ मंसिर /प्रहरीले तनँहुको आबुखैरेनीबाट तीन जनालाई हतियार सहित पक्राउ गरेको छ । प्रहरीले ४ वटा पेस्तोल र ३९ राउण्ड गोली सहित तीन जनालाई पक्राउ गरेको प्रहरीको भनाई छ ।

सोमबार विहान एक घरमा छापा मार्दा उनिहरुलाई हतियार सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा विजय गुरुङ, जय गुरुङ र अभियान श्रेष्ठलाई पक्राउ गरेको जानकारी दिएको छ ।

प्रहरीले गुप्य सुचनाको आधारमा अभियान श्रेष्ठको घरमा छापा हानेको हो ।

कमेन्टहरु
Loading...