पोखरामा तारका गुजुल्टा हट्दै, जोखिम टर्दै

पोखरा, ३ पुष / सिद्धार्थ चोकका सुमन थापा घर अगाडिझन्डिएको तारको गुजुल्टो हटे पछिदङ्गछन् । ‘घर अगाडितारको गुजुल्टो कुनदिनदुर्घटनाहुने हो भन्ने लागि रहन्थ्यो,’उनले भने, ‘नचाहिंने तार हट्यो । अब जोखिम पनि कमभयो ।’

यस्तै, सिद्धार्थ चोककै इन्द्र पौडेल पनि घर अगाडिको नचाहिने तार हटे पछिखुसि छन् । ‘महानगरले राम्रो कामको सुरुवात गरेको छ,’उनले भने, ‘घर अगाडि नै तारको गुजुल्टो । डरै डरमाबाँच्नु पर्ने ।’

बिहीबारदेखिमहानगरपालिकाले अनावश्यकतारकागुजुल्टो हटाउँन सुरु गरेको हो । मेयर मानबहादुर जिसीले तार काटेर तार हटाउँने योजनाको सुरुवात गरेकाथिए । पहिलो चरणमासिद्धार्थ चोकहुँदै बिपीचोकबाट सभागृह हुँदै नयाँबजार र सिर्जनाचोक, हल्लनचोेकमातार व्यवस्थीतगर्ने महानगरको योजना छ ।

महानगरपालिकका सुचना अधिकृत गंगालाल सुवेदिले योजना अनुरुप काम छिटो हुन नसकेको बताए । ‘तारकागुजुल्टा बेरिएकाछन्,’ उनले भने, ‘त्यसैले पनिहटाउँन समय लागेको छ । जोखिमपनिउत्तिकै छ ।’ तार हटाउँन सुरु गरेपछिनगरवासि नगरपालिकाप्रति सकारात्मकभएको उनको भनाई छ ।

महानगरमा नेपाल टेलिकम, नेपालविद्युतप्राधिकरण, एनसेलसहितबाराहीइन्टरनेट, टेलनेट प्रा.लि. इन्टरनेट सेवाप्रदायक संस्था, नेपाल टेलिकम, केबल व्यवसायीलगायतका संस्थाहरु सहितमंगलबार बसेको बैठकले तार व्यवस्थापनगर्न सहजिकरण समितिगठन गरेको थियो ।

पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, महानगरका प्रशासकीय प्रमुख अधिकृत शेष नारायण पौडेल सहित बसेको बैठकले महानगरका उपसचिव तथा सूचना अधिकारी गंगालाल सुवेदीको संयोजकत्वमा तार सहजिकरण समितिगठन गरेको थियो । तार व्यवस्थापनको राम्रो विकल्प अन्डर ग्राउन्ड नै भए पनि महानगरले हाललाई विकल्पको रुपमा अनावश्यक तार हटाउँन सुरु गरेको हो ।

पोखरामा तारको गुजुल्टोः दुर्घटनालाई निम्तो

कमेन्टहरु
Loading...