लेखनाथमा रहमा पौडी खेल्दा डुवेर मृत्यु

पोखरा, ३१ असार /पोखरा लेखनाथ महानगरपालिका वडा नं ३२ को मजुवा स्थित डुडेआहालमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका वडा नं २, कोत्रेका १८ वर्षिय उज्जल गुरुङ्ग रहेका छन् ।

साथीहरु सगै पौडी खेल्न गएका उनको पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । खोलाबाट ढुङ्गा र बालुवा झिकेर बनेको रहमा डुबेर मृत्यु भएको हो ।

हिलोमा गढेको सवलाई कालिका प्रहरी शसस्त्र गण पोखराबाट उद्धारको लागि खटिएको शसस्त्र प्रहरीका शसत्र प्रहरी निरिक्षक सुमन चालिसेको टोलीले सव निकालेको थियो ।

घटनामा स्थानीय वासी इलाका प्रहरी कार्यालय डाडाको नाक र वडा प्रहरी कार्यालय पावरहाउसको प्रहरी नयाव निरिक्षक नरेन्द्रजंग कार्कीको टोलीले उद्धार गरेको थियो । उनको सवलाई पोष्टमार्टमका लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा राखीएको छ ।

कमेन्टहरु
Loading...