गीतकार संगीतकार सुक गुरुङ उपचारका लागि साँस्कृतिक

पोखरा ४ चैत/मृगौला रोगबाट पिडित गीतकार एवम संगीतकार सुक गुरुङ उपचारार्थ आयोजना गर्न लागेको सुक गुरुङ उपचार सहयोग विविध साँस्कृतिक कार्यक्रमको तयारी तिव्र पारिएको छ ।

सुक गुरुङ बचाँउ अभियान अन्र्तगत गठिन उपचार सहयोग समितिले चैत्त २३ गते आयोजना गर्न लागेको उक्त कार्यक्रमको सम्पुर्ण तयारीलाई तिव्रताका साथ अगाडि बढाईएको जानकारी दिएको छ । समितिको शुक्रबार पोखरामा बसेको बैठकले सुक गुरुङ सहयोगार्थ साँस्कृतिक कार्यक्रम गर्न तयारी स्वारुप विभिन्न उपसमितिहरु गठन गरिएको समितिका सचिव भुपाल गुरुङले जानकारी दिनुभयो ।

पोखरा सभागृहमा हुने कार्यक्रमका लागि फोनिज कास्की सल्लाहकार हुम गुरुङको संयोजकत्वमा वत्र्तमान अध्यक्ष एमवी आस्था, संचारकर्मी सरस्वति गुरुङ, युग गुरुङ र मणि गुरुङ सदस्य रहेको प्रचारप्रसार उपसमितिको गठन गरेको सचिव गुरुङले बताउनुभयो ।

त्यसैगरी बैठकले टिकट विक्रि तथा वितरणका लागि विभिन्न क्षेत्र अनुसार संयोजकहरु समेत तोकेको समितिका संयोजक जगन गुरुङले बताउनुभयो । टिकट विक्रि वितरणमा रामबजार तर्फ बुद्धि गुरुङ, लोक दुरा, बगर तर्फ अमृत गुरुङ, महेन्द्रपुल न्युरोड क्षेत्रका लागि विद्या मर्सानी, पार्दी विरौटामा चिजकाजी गुरुङ, फुलबारी माटेपानी तर्फ लक्ष्मी गुरुङ, कौशिला गुरुङ, धनकुमारी गुृरुङ लाई तोकेको संयोजक गुरुङले जानकारी दिनुभयो ।

बैठकले साँस्कृतिक कार्यक्रम सहसंयोजकमा तेज केसी र उपचार व्यवस्था समितिमा डाक्टर तेज गुरुङलाई चयन गरेको छ । बैठकमा कार्यक्रम सम्बन्धि प्रचार प्रसार, टिकट विक्रिवितरण, कलाकार व्यवस्थापन लगायतका तयारीलाई तिव्राता दिने निर्णय समेत गरेको छ । साँस्कृतिक कार्यक्रममा कर्णदास, विनोद बाँनिया, धन बहादुर गुरुङ, सान्त बज्रचार्य, रुवी गौली, नरजंग गुरुङ, सागर शाह, अजुदा थापा, ज्ञान बहादुर थापा, तिलक गुरुङ लगायतका चर्चित कलाकारहरुले सुक गुरुङ द्धारा रचायित एवम संगीत भरेका गितहरु प्रस्तुत गर्नेछन ।

लामो समय देखि विभिन्न रोगबाट ग्रसित गुरुङको मृगौला पृत्यारोपणका लागि करिव २० लाख लाग्ने बताइएको छ । चितवन दिव्यनगर घर भई हाल लेखनाथ डाँडाको नाक बस्दै आउनुभएका ५६ वर्षिय संगीतकार गुरुङ विंस २०३५ साल देखि संगीत क्षेत्रमा क्रियाशिल छन् । ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आखैमा झझली, भाईटिकामा भेट्न आउला, अरुण लामाको स्वरमा रहेको दोष कसैलाई दिन चाहन्न लगायत थुप्रै गीत चर्चित छन् ।

कमेन्टहरु
Loading...