सार्वजनिक यातायातमा विद्यार्थी सहूलियत नदियको भन्दैः अनेरास्ववियुले बुझायो ज्ञापन पत्र

पोखरा, ९ असोज / पोखरा महानगरपालीकामा चल्ने सार्वजनीक बसहरुमा विद्यार्थीहरुलाई छुट नदिएको विषयमा पोखरा महानगर पालिकाका विद्यार्थीहरुले तत्काल छुट दिन माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।

स्मार्ट सिटी भित्रै विद्यार्थीले क्यापस, विश्व विद्यालय जादा सार्वजनीक बसहरुमा पृथ्वीराजमार्गबाट संचालीत बसहरुले भाडामा छुट नदिएको भन्दै ज्ञापनपत्र बुझाएको हो । अनेरास्ववियु पोखरा महानगर कमिटीका अध्क्षय विवेक त्रिपाठी सहितको टोलीले तत्काल विद्यार्थीहरुले पाउने छुट सहज रुपमा पाउनु पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय र पोखरा महानगरपालीकाको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापन पत्र बुझ्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले विद्यार्थीले पाउनु पर्ने छुट के कराणले रोकीएको हो भन्ने बुझेर तत्काल निर्देशन दिने बताएका छन् । पोखरा महानगरपालिकाका मेयर मान वहादुर जिसीले के कारणले विद्यार्थीहरुले पाउन सकेनन् बुझेर तत्तकाल कार्यन्वयन गर्न लगाउने बताएका छन्।

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुटको व्यवस्थालाई पृथ्वी राजमार्ग बस व्यवसायी समितिले नदिएको भन्दै विद्यार्थीलाई परिचय पत्रको आधारमा सहुलियत नदिएकाले ज्ञापन पत्रको माध्यमबाट संगठनको गम्भिर ध्यानाकर्षण गराएको अध्यक्ष त्रिपाठीले बताए ।

यो विषयमा सम्बन्धित निकायहरुमा ध्यान आकर्षण गर्दा गर्दै पनि बेवास्ता भए विद्यार्थीलाई परिचय पत्रको आधारमा तत्काल सहुलियत नदिएमा आन्दोलन गर्न वाध्य हुने विद्यार्थी नेता बिष्णु पोख्रले बताए ।

कमेन्टहरु
Loading...