जन्मदर्ता नहुदा कास्कीमा ६० विद्यार्थीको अध्ययन अन्योलमा

सागर राज तिमिल्सिना
पोखरा, २७ असार /जन्मदर्ता नहुदा कास्कीका बालगृहमा अध्ययन गर्ने ६० विद्यार्थीको अध्ययन अन्योलमा पर्ने देखिएको छ । कास्कीमा रहेका विभिन्न बालगृहमा अध्ययरत बालबालिकाको जन्मदर्ता नहुदा उनीहरु पढ्न पाउने नपाउनेमा अन्योलता छाएको हो ।

कक्षा ८ मा पढ्ने १२ जना बालबालिकाको जन्मदर्ता छैन बालगृह महासंघ नेपालका सचिब विजय कुमार प्रधानले भने उनीलाई कक्षा ८ मा भर्ना गर्न नपाइने अवस्था आएको छ । उनले भने अन्य करिब ६० जनाको जन्म दर्ता नहुदा नागरिकता बताउन र पठनपाठनका लागि अप्ठेयारो परेको छ । उनले जिल्ला बालकल्याण समितिले निर्णय गरेमा सबै बालबालिकाको समस्या समाधान हुने बताए ।

उनले बाबु आमा नभएका र घर कहाँ भन्ने पनि नखुलेका बालबालिकाको यस्तो समस्या आएको बताए । कास्कीमा ५८ वटा बालगृहमा १ हजार ४ सय ५६ जना बालबालिकालाई राख्दै आएको छ । महिला विकास कार्यालयको आयोजनामा पोखरामा आइतबार भएको बालगृह सञ्चालक माझ चौमासिक अन्तरक्रियामा समस्या जानकारी बालगृहहरुले जानकारी दिएका थिए ।

महिला विकास कार्यालय पोखराकी प्रमुख लक्ष्मी जिसीले सबै बालबालिका पढ्न पाउने अधिकार र जन्म सिध जन्म दर्ता, नागरिकताको अधिकारबाट बन्चित हुनु नपर्ने बताइन् ।

कमेन्टहरु
Loading...