शिवम् सिमेन्टको चौथो चरणको लक्की ‘ड्र’ पोखरामा सम्पन्न

 

पोखरा, २३ फागुन

शिवम् सिमेन्टको चौथो चरणको लक्की ड्र पोखरामा सम्पन्न भएको छ । चौथो चरणको लक्कि ड्र मा ६० कुपन मार्फत १ सय २० जना विजयी भएका छन् । यस योजना अन्र्तगत भाग्यशाली विजेताहरुले काठमाडों देखि गोसाईकुण्ड र गोसाइकुण्डदेखि काठमाडौंसम्म हेलिकप्टरमार्फत दर्शन गर्न पाउँने छन् । यसअघि पहिलो, दोस्रो र तेस्रो चरणको लक्की ड्र सार्वजनिक भई सकेको छ ।

काठमाडौं, हेटौंडा र जनकपुरमा सम्पन्न भएको लक्की ड्र मा ३ सय ६० जना छनौटमा परेका थिए । हालसम्म २ सय ४० कुपन मार्फत ४ सय ८० जना छनौट भई सकेका छन् । जम्मा ४ सय ८२ जनालाई छनौट गर्नुपर्ने भए पनि उपभोक्ताको उत्साहजनक सहभागीताका कारण २ सय २ जना थप गरि ६ सय ८४ जना पु¥याएको आयोजकले जनाएको छ । तसर्थ अझै १ सय २ कुपन अन्र्तगत २ सय ४ जनाका लागि हेलिकप्टरबाट गोसाइकुण्ड दर्शन यात्रा जित्ने मौका रहेको कम्पनीले जनाएको छ ।

गएको पुस ५ गते देखि ‘लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा’ नाम दिएर उपभोक्ता योजना सार्वजनिक गरिएको थियो । जस अन्र्तगत १० बोराको खरिद स्क्रयाचमा कुपना प्राप्त गरि हात खाली नहुने उपहार रहेको छ । खरिद कुपन स्क्रयाच गर्दा १ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म नगद र २.५० ग्राम देखि १० ग्राम सम्मको सुन जित्ने मौका समावेश गरिएको छ । साथै, सोही कुपनको अर्धकट्टीमा नाम, नम्बर र ठेगाना लेखि काठमाडौं देखि गोसाइकुण्ड र गोसाइकुण्डदेखि काठमाडौंसम्म हेलिकप्टरमा लक्कि ड्र मार्फत छनौट भएर यात्रा गर्ने व्यवस्था कम्पनीले मिलाएको छ ।

कमेन्टहरु
Loading...