कास्कीका चार विद्यार्थीको ४ जीपीए

पोखरा, १३ असार /कास्कीका चार विद्यालयबाट एसईईमा सहभागी भएका चार विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।

पोखराको गण्डकी बोडिङ स्कुल, कास्की अन्नपुर्ण गाउँपालिका नौडाडाँमा रहेका मर्निङस्टार स्कुल, पोखरा अमरसिंह स्कुल र सेन्टम्यारीजबाट परीक्षामा सहभागी भएका एक एक जना विद्यार्थीले ४ जीपीए ल्याएका हुन् ।

गण्डकी बोडिङ स्कुलबाट एसईई मोनिका गौतम, मर्निङस्टार स्कुलका दिपेस परियार, अम्मरसिंह स्कुलका सुजल पौडेल र सेन्टम्यारीकी सलिना खड्काले ४ जीपीए ल्याएका हुन् ।

अघिल्लो वर्ष पोखराबाट ७ जनाले ४ जीपीए ल्याएका थिए । पोखरा १९ अकलाकी मोनिका गण्डकी बोडिङमा नै कक्षा ४ बाट पढ्दै आउकी उनका बाबु दिपक गौतमले जानकारी दिए ।

उनले छोरीले मेडिकल लाइनमा नै पढ्ने इच्छा गरेको बताए । मोनिका उनकी माइली छोरी हुन् । उनले प्लस टु जहाँ पुर्ण छात्रबृत्ति पाइन्छ त्यही पढाउने बताए ।

कास्कीमा यस वर्ष ३२ परीक्षा केन्द्रबाट १० हजार ९ सय ५१ जना विद्यार्थीले परीक्षामा सहभागीता जनाएका थिए । गण्डकी प्रदेशमा एसइई परीक्षमा ४८ हजार १ सय ४६ जना विद्यार्थीले सहभागीता जनाएका थिए ।

नियमित तर्फ ४७ हजार ७ सय ८२ र ग्रेड वृद्धितर्फ ३ सय ६४ जनाले सहभागीता जनाएक हुन् गण्डकी प्रदेशका ११ जिल्लामा २ सय १७ केन्द्रबाट विद्यार्थीहरु परीक्षामा सहभागीता भएका थिए ।

national creation academy admission open
कमेन्टहरु
Loading...