पोखरामा मंगलबार विद्यालय विदा

पोखरा, २७ साउन/ पोखरा महानगरपालिकाले मंगलबार विद्यालय विदा दिने निर्णय गरेको छ ।

महानगरको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै मंगलबार परेको ट्होटे पर्वको अवसरमा बिदा दिने निर्णय गरिएको जनाइएको छ ।

पोखरा महानगरपालिकाको शिक्षा नियमावली २०७४ को नियम ६६ को उपनियम ३ मा विद्यालय व्यवस्थापन समितिले एक शैक्षिक सत्रमा ५ दिन सम्म स्थानिय विदा दिन सक्ने व्यवस्था रहेको छ ।

सोहि व्यवस्थाअनुसार सम्पूर्ण विद्यालयहरुलाई विदा दिई सहयोग गर्न महानगरले अनुरोध गरेको छ । तर विदा अनिवार्य भने छैन् ।

महानगरले आग्रह गरेपनि यसमा विद्यालयले विदा नदिन पनि सक्ने महानगरका सूचना अधिकारी गंगालाल सुबेदीले बताए ।

कमेन्टहरु
Loading...