‘अभिभावक बनेका मुख्य मन्त्रीले धेरै पढ्नु होस् भन्नु भएको छ’

पोखरा, २२ फागुन /गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र अन्य मन्त्रीहरु भर्ना अभियानमा अभिभावक बनेकाहरुको सहयोग पाइरहेको विद्यार्थीहरुले बताएका छन् । पोखरा महानगर ७ मासबारको श्रीकृष्ण माविमा अध्ययरत दुृई बालबालिका अभिभाव बनेका मुख्यमन्त्री गुरुङले उनीहरुलाई बेला बेलामा भेट्ने गरेका विद्यार्थीहरुले बताएका छन् ।

गुरुङले कक्षा १ मा पढ्ने ५ वर्षीय शिला जिरेल र अभिषेक नेपालीको भर्ना गर्दै अभिभावकत्व ग्रहण गरेका थिए । विद्यालय मै आएर नभेटेपनि बेला बेलामा फोन गर्न र उनीहरुलाई धेरै पढ्नु पर्दछ भन्ने गरेको बताएका छन् ।

भर्ना गरिएका विद्यार्थीमध्ये जिरेलका अभिभावक रन्जित जिरेल र शान्ति जिरेल दोलखामा भूकम्पले घर भत्किएपछि पोखरामा मजदुरी गर्दै आएका छन् । त्यसै गरि दरोसिरुवारी घर भई हाल पोखरा बस्दै आएका नेपालीका बुबा दिपक नेपालीको केही समय पहिले मृत्यु भएपछि आमा कल्पनालाई मुख्यमन्त्रीले काम खोजी दिएका छन् ।

सोही विद्यालयमा कक्षा ४ मा अध्ययन गर्ने कुशल नेपालीलाई गण्डकी प्रदेशीको उपसभामुख सृजना शर्माले गरेकी छन् । उनले पनि एक पटक विद्यालय मै र अन्य बेला आफ्नै घरमा भेटेको कुशलले बताए । विद्यालयका प्रधानध्यापक टिकाराम लामिछानेले विद्यार्थीको नाममा बैंक खाता खोलेर आवश्यक पैसा जम्मा गरिदिएको बताए ।

त्यसै गरि गण्डकी प्रदेशकी सामाजीक मन्त्री नरदेबी पुनले पोखरा १३ को रतन पाण्डेमा अध्ययन गर्ने ३ कक्षामा अध्ययन गर्ने सन्ध्या भुत्यालको अभिभावकत्व ग्रहण गरेकी छन् । उनले विद्यार्थीलाई आवश्यक पर्ने ६ हजार रुपैया बैंक खातामा राखिदिएकी छन् भने भेट्न नगए पनि फोनबाट उनका पढाइको बारेमा बुझ्ने गरेको विद्यालयका प्रधानध्यापक डिल्लिराम बरालले जानकारी दिए ।

कमेन्टहरु
Loading...