सस्तो बजारले उपहार कुपनको नतिजा प्रकाशन

पोखरा, २५ मंसिर/पोखरा सस्तो बजारले दशै तिहारको उपलक्ष्यमा सञ्चालन गरेको उपहार कुपनको नतिजा सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक नतिजा अनुसार कुपन नम्बर २९८४५ का रिदम थापाले प्रथम पुरस्कार स्वरुप १ थान हिरो स्कुटर प्राप्त गरेका छन् ।

यस्तै, कुपन नंबर २५१०९ का बिना मगरले द्धितिय पुरस्कार स्वरुप १ थान टेलिभिजन, कुपन नंबर २९२०७ का प्रकाश पौडेलले तृतिय पुरस्कार स्वरुप फ्रिज १ थान र २०२४७ कुपन नंबरका मिलन गुरुङ्गले चौथो पुरस्कार स्वरुप १ थान मोबाइल प्राप्त गरेका छन् ।

‘दशै तिहारको बहार, उपहारै उपहार’ कार्यक्रम अन्तर्गत दशै तिहारका अवसरमा पोखरा सस्तो बजारमा किनमेल गर्न गएका ग्राहकहरुले रु. ५०० बराबरको खरिदमा निशुल्क उपहार कुपन प्राप्त गरेका थिए । उपहार कुपन कार्यक्रम अन्र्तगत सान्त्वना पुरस्कार स्वरुप २० थान भित्ते घडी, १५ थान थर्मस, १० थान आइरन, ५ थान राइस कुकर, ३ थान टेबल फ्यान समेत सस्तो बजारका ग्राहकले प्राप्त गरेका छन् ।

उपहार कुपनको नतिजा सार्वजनिकिकरण कार्यक्रमको उद्घाटन गर्दै पोखरा उप–महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत नवराज ढुङ्गानाले व्यवसायीहरुले आफ्ना हकहितको बारेमा आवाज उठाइरहँदा आफूले पालना गर्नुपर्ने दायित्वलाई भुल्न नहुने बताए । राज्यले लागु गरेका ऐन कानुनको परिधिमा रहेर आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्ने क्रममा पर्न गएका अप्ठ्याराहरु माथी बसेर छलफल गर्न पोखरा उप–महानगरपालिका सदैव तयार रहेको उनको भनाई थियो ।

यस्तै, पोखरा हङ्गकङ्ग बजारका अध्यक्ष दिलिप सुनारले पोखराका बहुसंख्यक जनतालाई सेवा प्रदान गर्दै आइरहेका यस्ता प्रकारका व्यावसायीहरु एक अर्कोलाई पर्ने समस्यामा एक हुनुपर्ने धारणा राखे । पोखरा कृषी उपज बजारका सञ्चालक समिती अध्यक्ष रुद्र प्रसाद खनालले व्यावसायीहरु सिधै राज्य वा सम्वन्धित सरोकारवालासंगको सम्पर्कमा रहनुपर्ने बताए । उनले विचौलियाहरुका कारण साना व्यापारीहरु सधैं मर्कामा पर्ने गरेको र सो को समाधानका लागि सरोकारवाला निकाय सजग हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा वडा कार्यालय ९ का सचिव लोकदर्शन कोइराला, सस्तो बजारका कानुनी सल्लाहकार दुर्गा कोइराला, सल्लाहकार हरि फुँयाल, नेकपा माओवादी पश्चिम इलाका प्रमुख सुजन लगायतले बोलेका थिए । सुशिला थापाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन गोपाल बयलकोटीले गरे ।

कमेन्टहरु
Loading...