समुदाय र प्रहरी एकअर्काका साझेदारः आईजिपी सर्बेन्द्र खनाल

पोखरा, २० कात्तिक / नेपाल प्रहरीका महानिरिक्षक सर्बेन्द्र खनालले समुदाय र प्रहरी एकअर्काका साझेदार भएर काम गर्न सके अपराध रोक्न सकिने बताएका छन् । समुदायले प्रहरी हाम्रो र प्रहरीले पनि समुदाय हाम्रो हो भन्ने वातावरण बनाउन सके देश समृद्ध हुन समय नलाग्ने उनले बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार आयोजना गरेको ‘समुदाय— प्रहरी साझेदारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम एवं शुभकामना आदानप्रदान कार्यक्रम’ मा उनले सुरक्षा सँगसँगै विकासलाई पनि लैजानु पर्ने बताए ।

हरप्रहर प्रहरी काम गरिरहेको छ आईजिपी सर्बेन्द्र खनालले भने तर प्रहरीलाई नै विभिन्न किसिमका लालछना लगाईन्छ । प्रहरीको छविको उच्चतम विकासका निम्ती प्रहरी हाम्रो हो भन्ने वातावरण सिर्जित गर्नुपर्ने ठानेरनै आँफुले समुदाय —प्रहरी साझेदारी सम्बन्धी कार्यक्रम ल्याएको बताए ।
यो कार्यक्रम केहि समयका लागि मात्र होईन् ।

युगोयुग सम्म ल्याएको हुँ, उनले भने । यस्का लागि म हरेक गाँउगाँउ सम्म पुग्छु । आफु नागरिक केन्द्रित रहेकाले पनि यस्तो कार्यक्रम ल्याएको उनको भनाई थियो । हरेक नागरिकले सेवा सर्वसुलभ ढङ्गले प्राप्त गरोस । जसलाई पुरा गर्न प्रहरीले दिने सेवा पनि गुणस्तरीय हुनुपर्ने आवश्यकत्ता रहेको उनले बताए ।

विगतमा भएका कुरालाई सच्चाउदै नयाँ तरिकाले प्रविधिमैत्री वातावरण तय गरि अपराध न्युनिकरण गर्न हामी लागिपरेका छौ, उनले भने, अपराधरहित समाज निर्माण गर्नमा समुदायको पनि दायित्व प्रबल रहन्छ । कुनै एक प्रहरीको कामलाई लिएर समग्र प्रहरी प्रशासनलाई आरोप लगाउन नहुने उनको भनाई थियो । गलत मानसिक भएका प्रहरीलाई तहलाउन आफु पनि लागि परेको उनले बताए ।

कतिपय ठाँउमा अपराध गरि मिलाउने काम गरिन्छ । यस्तो प्रवृती समाजका लागि घातक रहेको बताउदै प्रहरीमा रिपोर्ट गर्न उनले आग्रह गरे ।
कार्यक्रममा प्रदेश सभा सदस्य राजीव पहारी, नेपाल पत्रकार महासँघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, कास्कीका प्रमुख जिल्लाा अधिकारी चक्र बहादुर बुढा, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका निर्वतमान अध्यक्ष विश्वबहादु भट्टराई र जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रमुख ओमबहादुर रानाले बोलेका थिए ।

के भन्छन् igp

Posted by Ganthan.com on Monday, November 5, 2018

कमेन्टहरु
Loading...