पोखराको ताल बाराहीमा सन्ध्याकालिन आरती (भिडियो सहित)

पोखरा, २९ कात्तिक/ धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखराको फेवाताल विचमा रहेको तालबाराही मन्दिरको फेवा किनारामा नित्य सन्ध्याकालिन आरती शुरु भएको छ । पोखराको फेवाताल किनारमा करिब १ महिना देखि दैनिक रुपमा सन्ध्याकालिन आरती सुरु गरेको हो ।

माता तालबाराही आरती सेवा समितिको संयोजनमा फेवाताल किनारमा हुने आरतीमा तीन जनाले पुरोहितहरुले भजनको धुन सँगै आरती गर्ने गरेका छन् । सुन्दरताको आनन्द लिन पोखरा आएका विदेशी र स्वदेशी पर्यटकहरुले आरती सगँ आनन्द सगँ भक्ती भावमा डुम्ने गरेका छन् ।

आरती आनन्दमा अघाउँजील मस्त हुन्छन् । पोखरा घुम्न आएकाहरु आरती आनन्दमा मन्त्रमुग्ध बनेर प्रफुल्ल हुने गरेका छन् । एका बिहानैदेखि फेवाताल किनारामा तालबाराही मन्दिर जाने भक्तजन र पर्यटकको घुइँचो हुन्छ ।

दिन ढल्किँदै जाँदा केही कमी हुँदै गए पनि साँझ नओर्लिंदै पुनः सन्ध्याकालीन आरतीले पर्यटकहरुलाई तानेको छ । पितृ उद्धार आत्मशान्ति, फेवाताल परिसर भित्र विभिन्न समयमा मृत्युवरण गरेका मानिसहरुको आत्माको वैकुण्ठ बास होस् भन्ने कामना सहित मनोकाक्षा पुराको लागि पनि आरती सञ्चालन गरेको माता तालबाराही आरती सेवा समितिका अध्यक्ष गिरीराज अधिकारीले बताए ।

उनले शुभकार्य, जन्मोत्सव, शुभसाइतका साथै दिर्घायु र सुस्वास्थ्को कामना गर्दै आरती गर्ने गरेको बताए । उनले मुख्य उद्देश्य भनेको धार्मिक पर्यटकलाई पोखरा ल्याउने र आम्दानीबाट मानव सेवामा सहयोग गर्नेब बताए ।

दैनिक आरतीका लागि करिब ३ हजार रुपैया खर्च हुने गरेको समितिले जानकारी दिएको छ । आरतीका लागि पर्यटकहरुले नै सहयोग गर्ने गरेको अध्यक्ष अधिकारीले बताए । पोखरामा विन्ध्यवासीनि, भद्रकाली, कास्की कालीका, सिद्धबराहा, पञ्चासे लगाएतका प्रसिद्ध मन्दिरहरु छन् ।

पोखरा आउने अधिकांश पर्यटक धार्मिक आस्थाका आधारमा आउने भएकाले धार्मिक पर्यटनलाई बढाव दिन यसले महत्व भुमिका खेल्ने अधिकारीको दावी छ ।

#तालबाराही मन्दिर किनारामा आरती

तालबाराही मन्दिर किनारामा आरती

Posted by Ganthan.com on Wednesday, November 14, 2018

कमेन्टहरु
Loading...