संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा लालप्रसाद शर्मा

पोखरा, २६ माघ /संसदीय पत्रकार मञ्च गण्डकीको प्रथम अधिबेशनले अध्यक्षमा कान्तिपुर दैनिकका संवाददाता लालप्रसाद शर्मा निर्वाचित भएका छन् । मञ्चको शुक्रबार पोखरामा भएको पहिलो अधिवेसनबाट पुन अध्यक्षमा शर्मा सर्वसम्मत निर्वाचित भएका हुन् ।

समितिको उपाध्यक्षमा द हिमालयन टाइम्सका पोखरा प्रमुख एवं समाधान दैनिकका कार्यकारी सम्पादक भरत कोइराला, सचिवमा नागरिक दैनिकका विशन क्षेत्री, सहसचिवमा सबैको आवाज साप्ताहिकका सम्पादक तारा चापागाई र कोषाध्यक्षमा नयाँ पत्रिका दैनिकका संवाददाता रोहितराज पराजुली निर्वाचित भएका छन् ।

यस्तै, सदस्यहरुमा हिमाल खबरपत्रिकाका संवाददाता युवराज श्रेष्ठ, एपीवन टिभी र गन्थन डटकमका संवाददाता सागरराज तिमिल्सिना, नागरिक दैनिकका फोटो पत्रकार उमेश पुन, अनलाइनखबरका फोटो पत्रकार युवराज गुरुङ ‘युनिश’ आदर्श समाजका संवाददाता प्रकाश ढकाल र गण्डकी टिभीका संवाददाता उमा आले रहेका छन् ।

मञ्चले २४ बैशाखमा तदर्थ समिति गठन गरेको थियो । अधिवेसनमा मञ्चका सचिव विशन क्षेत्रीले पेश गरेको प्रतिवेदन र कोषाध्यक्ष रोहितराज पराजुलीले पेश गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो । अधिबेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले गरेका थिए

कमेन्टहरु
Loading...