शहिद परिवार भन्छन्, सरकार निकम्माः अधिकारकर्मी भन्छन्, शहिद शब्द कै अपमान

पोखरा, १६ माघ /आज देशभर शहिदको सम्मानमा विभिन्न कार्यक्रमहरु गरि शहिद दिवस मनाईदै छ । तर, सच्चा शहिदहरुको सम्मानमा सरकार निकम्मा सावित भैसकेको शहिद परिवारहरुले आरोप लगाएका छन् ।

उनिहरुले भनेकाछन्, “शहिद परिवारका सदस्यहरु अहिले पनि रोजिरोटीको अभाव झेलिरहेका छन्, बालबच्चाहरु आधारभुत शिक्षा दिक्षाको अभाव झेलिरहेका छन् । यसप्रति राज्यको कुनै चासो छैन्, तसर्थ यो सरकार सदैव पिडितहरुका सामु निकम्मा सावित भैहरेको छ ।”

अधिकारकर्मीहरुले भनेकाछन्, “जथाभावि सहिदको उपाधी दिने कार्यमा सरकार निकै अगाडी र परिवारको हेरचाहमा पुरै अन्धो जस्तै छ । यसले राज्यको उदासिनता प्रष्ट पारेको र सच्चा सहिदलाई वेवास्ता गरेको देखिन्छ ।” तर, न्युनतम मानवअधिकारका मुल्य र मान्यताका आधारमा पनि शहिद परिवारको रेखदेख गर्नुपर्नेमा इन्सेक पश्चिमाञ्चलका संयोजक शिव खकुरेलले जोड दिएका छन् ।

तत्कालिन समयमा मुलुकको सवलता र नागरीकको प्रजातान्त्रीक अधिकारका लागी ज्यानको आहुती दिएका महान सहिदको संख्या सिमित भएपनि पछिल्लो समय आस्थाका आभारमा सहिद घोषाणा गर्ने प्रचलन रहेका प्रति सरोकारवालाहरुले गहिरो चिन्ता व्यक्त गरेका छन् । अधिवक्ता सुरेन्द्र थापामगरले भनेकाछन्, “यहाँ सम्मकी मुलुकमा शहिदको संख्या कति छ भन्ने तथ्यांक सरकारसंग छैन् । यसले शहिद शब्द कै अपमान भएको छ ।”

तर, पछिल्लो समय विभिन्न कालखण्डमा भएका घट्ना तथा परिघट्ना मार्फत राजनीतिक परिवर्तन भएपनि नागरीकको जिवनशैलीमा खासै परिवर्तन नआएको सरोकारवालाहरुले तर्क गरेका छन् ।

कमेन्टहरु
Loading...