रौतहटको चन्द्रपुरमा बम विस्फोट हुदा ८ जना घाइते

गौर, २ मंसिर/रौतहटको चन्द्रपुर नगरपालिका ५ राधाकृष्ण मन्दिर नजिकै बम विस्फोट भएको छ । विस्फोटमा परि ८ जना घाइते भएका छन् ।

वाम गठबन्धनको चुनावी भेला स्थल नजिकै ठूलो आवाजसहित विष्फोट भएको हो । बम विष्फोटमा परी सीता राई र उनका ७ वर्षीय छोरा जैविक राई गम्भीर घाइते भएका छन् । यसैगरी लक्ष्मी राई, रत्न बहादुर विक, कुन्ता खत्री, गोपाल विक, दिलमाया राई तथा यमुना काफ्ले घाइते भएका छन् ।

घाइते मध्ये गोपाल विक र यमुना काफ्लेको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ भने बाँकी ६ जनालाई थप उपचारको लागि भरतपुर पठाइएको प्रहरीले जानकारी दिएको छ । विष्फोटका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...