रेन्बो एकेडेमिक होम्सलाई अन्तराष्ट्रिय स्कुल अर्वाड

पोखरा, ८ भदौ / पोखरा १५ मा रहेको रेन्बो एकेडेमिक होम्सले अन्तराष्ट्रिय स्कुल अर्वाड प्राप्त गर्ने सफल भएको छ । ब्रिटिस काउन्सिलले हरेक वर्ष प्रदान गर्दै आएको अन्तराष्ट्रिय स्कुल अवार्ड रेम्बो ऐकेडेमिले प्राप्त गर्न सफल भएको हो ।

विद्यालयको शैक्षिक गुणस्तरलाई मध्यनजर गर्दै विद्यालय र विद्यार्थी गर्ने क्रियाकलापका आधारमा उक्त अर्वाड प्रदान गर्ने गरिन्छ । गुणस्तर प्रदान एवं विद्यालयसँग समन्वय भएकी भएन् भन्ने विषयमा अध्ययन गरेर अवार्डको वितरण गर्ने गर्दछ ।

‘वर्षमा ७ वटा परियोजनामा अवार्डहरु विभिन्न विद्यालय सगँ मिलेर गर्नु पर्ने हुन्छ,’ व्रिटिस काउन्सिल एम्बेस्टर केशब प्रसाद पराजुलीले भने ‘तीन वटा विदेशी विद्यालय सगँ मिलेर, १ वटा छिमेकी विद्यालय सगँ, २ वटा पाठ्यक्रममा आधारीत रहेर बनाउनु पर्दछ ।’

रेन्बो एकेडेमिक होम्सलाई अन्तराष्ट्रिय स्कुल अर्वाड
रेन्बो एकेडेमिक होम्सलाई अन्तराष्ट्रिय स्कुल अर्वाड

उनले भने यस परियोजना बताएर काम गर्दा विद्यार्थीको शैक्षिक स्तर बढ्ने उनले बताए । पराजुलीले नेपालमा यस वर्ष ४१ वटा विद्यालयहरुले यस्तो अवार्ड पाएको पोखराबाट दुई विद्यालय पर्ने सफल भएको बताए । उनले यो अवार्ड तीन वर्षका लागि दिएको बताए ।

विद्यालयले एक कार्यक्रम गरेर आइतबार अन्तराष्ट्रिय स्कुल अवार्डको लोगो विद्यालयमा टोसेको छ । पोखरा महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष प्रकास पौडेलले लोगो टोसेर सार्वजनीक गर्दै विद्यालयले शैक्षिक गुणस्तर अझ बढ्ने बताए । उनले शिक्षक र विद्यार्थीको मिहिनेतले नै अवार्ड प्राप्त गर्न सकेको भन्दै प्रशंसा गरेका थिए ।

कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख बद्रि सुबेदी, व्रिटिस काउन्सिल एम्बेस्टर केशब पराजुली, बामन घिमिरे, विद्यालयक सल्लाहाकार निरज थापा, विद्यालयका अध्यक्ष शुषिलराज पराजुली, प्राचार्य बाबुराम बराल, साहेक प्राचार्य खेमनारायण ढकाल, कृष्णप्रसाद ढकाल लगायतले विद्यार्थीको र शिक्षकहरुको मिहेरनले नै अवार्ड प्राप्त गरेको भन्दै मिहिनेतलाई निरन्तराता दिन आग्रह गरे । कार्यक्रममा टिमलिडर विभिन्न प्रतिस्पर्धामा विजेता विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए ।

कमेन्टहरु
Loading...