सांसद राजीब पहारीको तलव भत्ता सामाजिक सेवामा

पोखरा, २२ पुस /गण्डकी प्रदेशका सांसद राजीव पहारीले सरकारबाट पाएको सेवा सुविधा सामाजिक काममा खर्च गरेका छन् । शनिबार पत्रकार सम्मेलन गरि आफुले पाउने तलव भत्ता पूरै सामाजिक काममा लगाउने प्रतिबद्धता जनाएका हुन् । उनले हालसम्म ११ महिनाको प्रशासनीक खर्च कटाएर ४ लाख ५० हजार रुपैयाँले सामाजिक सेवामा खर्च गरेको विवरण सार्वजनिक गरे ।

पहारीले कास्कीकोट थुन्सेडाँडामा खानेपानी पाईपको लागि ६० हजार, फेवाताल संरक्षणका लागि वडा विकास समितिलाई ८० हजार, वलात्कारपछि हत्या गरिएकी बालिका श्रेया सुनारको परिवारलाई १० हजार, विभिन्न आमा समूहलाई ४० हजार र कास्की खेलाडी संघलाई २३ हजार मूल्य बराबरको युरोगार्ड सहयोग गरेको जानकारी दिए । उनले पत्रकार महासंघ कास्कीलाई समेत युरोगार्ड प्रदान गर्ने जानकारी दिए ।

त्यस्तै, पहारीले शनिबार सिद्ध आधारभूत विद्यालय, ज्ञानोदय आधारभूत विद्यालय, जनसिद्ध आधारभुत, सिद्धबराह मावि ठूलाखेत, हिमालय मावि तोल्का, धर्मस्थली आधारभूत विद्यालय पोखरा–५, सृजना सामुदायीक विद्यालय अन्नपूर्ण–१, धारापानी विद्यालय पाउँदुर र प्रगतिशिल मावि सल्यानलाई पिउने पानीका लागि एक÷एक थान युरोगार्ड सम्वन्धित विद्यालयका व्यवस्थापन समिति तथा प्रध्यानाध्यापकहरुलाई हस्तान्तरण गरे ।

सांसद पहारीले आफूले चुनावताका घोषणा गरेको प्रतिबद्धता अनुरुप सम्पूर्ण तलव सामाजिक कार्यमा खर्च गरेको बताए । उनले आगामी दिनमा पनि आफूले प्राप्त गर्ने सम्पूर्ण तलब सामाजिक कार्यमै खर्चिने घोषणा गरे । सरकारी विद्यालयमा आधुनिकता भित्रिनेगरी पूर्वाधार भएपनि स्वच्छ पिउने पानीको अभावमा विद्यार्र्थीहरु बिरामी पर्ने अवस्थाको अन्त्यका लागि आफूले युरोगार्ड प्रदान गरेको सांसद पहारीले प्रष्ट्याए । उनी कास्की क्षेत्र नम्बर ३ (ख) बाट बिजयी भएका हुन् ।

कमेन्टहरु
Loading...