पोखराको बिन्ध्यबासिनीमा रक्षा बन्धन बाँध्नेको घुँइचो

श्याम राना

पोखरा, १० भदौ / आज श्रावण शुक्ल पुर्णिमा । अर्थात, आत्माको शुद्धिकरण र शरीरको रक्षाका लागि ब्राह्मण

पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने दिन । देश भरका मन्दिर, पिठहरुमा भव्यताका साथ मनाइँदै छ ।

यस्तै पोखराको मन्दिर विन्ध्यवासिनीमा पनि भव्यताका साथ रक्षाबन्धन मनाइँएको छ । बिहानै देखि श्रद्धालु

पोखरा विन्ध्यबासिनीमा रक्षा बन्धन, तागो बान्दै, जनैपुर्णिमा । तस्बिरः सञ्जय शाक्य
पोखरा विन्ध्यबासिनीमा रक्षा बन्धन, तागो बान्दै, जनैपुर्णिमा । तस्बिरः सञ्जय शाक्य

भक्तजन र रक्षावन्धन बाँध्नेको घुइँचोले मन्दिर परिसर भरिएको छ । जनैपुर्णिमाको पृष्ठभुमि र धार्मिक

महत्वबारे बोल्दै मन्दिरका पुजारी नारायण देवकोटाले विशेष गरि सनातन ब्राह्मण समुदायले यो पर्व मनाउँदै

आएको बताए ।

प्रातकालमा गंगामा गई नुहाएर भष्म, गौ मुत्र, गौ दन्ड, अष्ट गंगा आदिले संस्कारीत भई, नयाँ योग्य

पबितालाई धारण गर्ने उनले बताए । रक्षाबन्धन बाँध्नाले वायुमण्डलमा रहेको फोहोरबाट लाग्ने रोगबाट बच्ने

विश्वासले रक्षाबन्धन बाँध्ने चलन रहेकोे उनको भनाई थियो ।

पोखरा विन्ध्यबासिनीमा रक्षा बन्धन, तागो बान्दै, जनैपुर्णिमा । तस्बिरः सञ्जय शाक्य
पोखरा विन्ध्यबासिनीमा रक्षा बन्धन, तागो बान्दै, जनैपुर्णिमा । तस्बिरः सञ्जय शाक्य

रक्षाबन्धन बाँध्न मन्दिर आएका पुर्ण श्रेष्ठले जनै लगाउँने र रक्षाबन्धनको प्रचलन बिस्तारै घट्दै गई रहेको

बताए । यसको लागि युवालाई नै सक्रिय गराउनुपर्ने उनको भनाई थियो । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास

समितिका कार्यालय सचिव नवराज तिमिल्सिनाले विगतका तुलनामा भक्तजनहरु कम भएको बताए ।

भक्तजनहरु आफुलाई पायक पर्ने मन्दिर साथै वर्षायामको समय भएकाले पनि विगतका ३,४ वर्षको तुलनामा

भक्तजन घटेको उनको भनाई थियो ।

पोखरा विन्ध्यबासिनीमा रक्षा बन्धन, तागो बान्दै, जनैपुर्णिमा । तस्बिरः सञ्जय शाक्य
पोखरा विन्ध्यबासिनीमा रक्षा बन्धन, तागो बान्दै, जनैपुर्णिमा । तस्बिरः सञ्जय शाक्य

तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमलग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने

भएकाले पनि जनैपुर्णिमालाई अर्को अर्थमा ऋषि तर्पण भन्ने गरिन्छ । यसै दिन ब्राह्मणहरुले पुरानो जनै फेरेर

नयाँ लगाउँने चलन छ ।

पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुन्ड, नुवाकोटको देवीघाट लगायतका धार्मिक क्षेत्रमा पनि मेला लाग्ने गर्छ

। मास, भटमास, केराउ, मुग, सिमी, गुराँस र बोडी गरी ९ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाटी पनि आजै

खाने चलन छ ।

कमेन्टहरु
Loading...