पुर्वराजा ज्ञानेन्द्रले पोखरामा नयाँ बर्ष मनाउने

पोखरा, २६ मंसिर /अंग्रेजी नयाँ बर्ष मनाउन पुर्वराजा ज्ञानेन्द्र शाहा र पुर्वरानी कोमल पुस २ गते पोखरा आउने भएका छन् । त्यसको तयारीका लागि पुर्वराजपरिवार चढ्ने सवारीसाधन र सुरक्षाकर्मी सहितको टोली पुस १ गते नै पोखरा आउने छन् ।

पुस २ गते निजी सचिव सागर तिमिल्सिना, निजी अंगरक्षक सशस्त्रका डीएसपी पोखरा आउने कार्यक्रम रहेको कार्यक्रम तय भएको छ ।

करिब दुई साताअघि पुर्वराजाका निजी सचिव तिमिल्सिना सहितको टोलीले त्यहाँको सुरक्षा अवस्थाबारे र रेकी गरेर फर्केपछि पोखरा भ्रमणको मिति तय भएको हो ।

कमेन्टहरु
Loading...