‘छोरी चेलीको अस्मितामा आँच आउने कुरा बोलेको छैन’ – मुख्यमन्त्री गुरुङ

पोखरा, ५ असोज/छोरी चेलीको अस्मिता माथि आँच आउने कुरा आफुले नबालेको गण्डकी प्रदेशका मुख्य मन्त्री

पृथ्वी सुब्बा गुरुङले बताएका छन् । महिला पर्यटन ब्यवसायि मञ्च (वोटेफ)को प्रथम वार्षिक साधारण सभा

तथा प्रथम अधिवेशनको कार्यक्रममा बोल्दै उनले केहि समय अगाडि एक प्रसंगमा यौन ब्यवसायको विषयमा

आफुले विकृतीका कुरालाई समाजबाट हटाउनु पर्ने धारणा राखेकोमा त्यसलाई गलत प्रचार गरिएको बताए ।

उनले ‘हिप्पि भिलेज’को उदाहरण दिदै समाजमा सबै राम्रो र असल काम मात्रै नहुने सँगसँगै नराम्रो कुरा पनि

देखिने भन्दै त्यसलाई हटाउन नसके ब्यवस्थित गर्ने विकल्प खोजिपर्ने बताए । नदेखिने तर समस्यामा रहेका

विषयहरुले समाजलाई झनै दुर्गन्धित बनाउने भन्दै यस्ता विषयमा खुलेर बहसमा जानु पर्ने उनको भनाई थियो

। ‘बहसमा जाँदा राम्रो नराम्रो दुबै कुरा हुन्छ । समाजलाई हित हुने कुरालाई निष्कर्षमा लिएर सोहि अनुुसारको

निति नियम बनाएर अघि बढ्नु पर्छ’ ।

पुर्विय सभ्यता र संस्कार भएको मुलुकमा छोरी चेलीको अस्मितालाई लिलाम गर्दै कर उठाउने भन्ने विषय

आफ्नो कल्पना भन्दा बाहिर रहेको उनको प्रतिक्रिया थियो ।

उनले पोखरामा पर्यटन प्रवद्र्धनको वृहत्तर संभावना रहेको भन्दैै यहाँको स्रोत र साधनको समुचित प्रयोगलेनै

प्रदेशको समृद्धि हुने बताए ।

कर्मचारीको अभावले प्रदेश सरकारले काम गर्ने वातावरण नभएको भन्दै संघीय सरकार प्रदेशको अधिकार प्रति

संवेदनशिल नबनेको आरोप लगाए । उनले गण्डकी प्रदेशलाई २०१९ मा आन्तरिक पर्यटन प्रर्वद्धनमा जोड दिने

वर्ष र २०२० मा छिमेकी पर्यटन प्रर्वद्धन वर्षको रुपमा लिदै २०२२ मा गण्डकी प्रदेश भ्रमण वर्ष मनाउने तयारी

गरेको बताए । अन्तराष्टिय एयरपोर्ट निर्माण सम्पन्न पश्चात मुख्यमन्त्री सुब्बाले पर्यटन प्रर्वद्धनका निम्ति

पोखरा २४ सै घण्टा जागै हुनुपर्ने बताए ।

कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्मा, पुर्व अध्यक्ष गणेश बहादुर भट्टराई, नेपाल पर्यटन

बोर्ड गण्डकीका प्रमुख मणि लामिछाने, पोखरा उद्योग बाणिज्य संघका उपाध्यक्ष गोर्कण कार्की, नेपाल टुरिज्म

बोर्ड पुर्व सदस्य अग्नि खरेल, गैसस महासंघ कास्कीका अध्यक्ष पदम पहारी, राष्टिय पर्यटन गण्डकी ब्यवसायि

संगठनका अध्यक्ष गोविन्द पहारी, कोषाध्यक्ष दुर्गा ढकाल सामुदायिक प्रहरी सेवा केन्द्रका मिना भट्टराई,

सामाजिक अभियन्ता राम बहादुर पौडेल लगायतले पर्यटन प्रर्वद्धनमा महिलाको भुमिकाको चर्चा गर्दै पर्यटन

ब्यवसायि महिलाले निर्यात मुखि उत्पादनमा संभाब्यताको खोजी गर्दै अघि बढ्न सुझाव दिए ।

सोहि अवसरमा एसियाड गेममा सहभागि महिला प्याराग्लाइडिगं पाइलट प्रतिभा भुजेल, त्रिसा श्रेष्ठ र सविना

तामाङ र पत्रकार जमुना वर्षा शर्मालाई सम्मान गरिएको थियो ।

उद्घाटन सभा पश्चातको बन्द सत्रले जमुना पराजुलीको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति निर्वाचित

गरेको छ । मञ्चको उपाध्यक्षमा पार्वती पाण्डे, सचिव उमा भण्डारी, सह सचिव ममता न्यौपाने, कोषाध्यक्ष

कान्ती अधिकारी, सह कोषाध्यक्ष लक्ष्मी लामीछाने र सदस्यहरुमा उमादेवी अधिकारी, बालकुमारी न्यौपाने,

मञ्जु कार्की,शारदा भुजेल,माया सुवेदी, रीता रेग्मी पौडेल, भावना रानाभाट,लिलुमाया भण्डारी, मिठुदेवि

लामिछाने, सुन्ती पुर्जा र सुशिला सिग्देल रहेका छन् ।

कमेन्टहरु
Loading...