चाडपर्वले राष्ट्रिय एकता मजबुद गर्न मदत पु¥याएको छ ‐ मुख्यमन्त्री गुरुङ

पोखरा, ९ कार्तिक/ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चाडपर्वहरुले राष्ट्रिय एकता मजबुद बनाउन महत्वपुर्ण योगदान दिएको बताएका छन् ।

हिन्दु नेपालीहरुको दोस्रो ठुलो पर्वको रुपमा चिनिने दिपावली तथा नेपाल सवंत, छठ, इद र ल्होसार पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री गुरुङले यस्ता पर्वले समाजिक एकता, सद्धभाव र धार्मिक सहिष्णुता कायम गर्न महत्वपुर्ण भुमिका खेल्ने उल्लेख गरेका छन् ।

नेपाल संविधानतहः धर्म निरपेक्ष राष्ट्र भएको दृाष्टान्त दिदै मुख्यमन्त्री गुरुङले चाडपर्वबाट अपासी सद्धभाव, समाजिक एकता र भातृत्व कायम हुने अपेक्षा आफुले गरेको समेत बताएका छन् ।

पछौटेपन, अविकास र गरिबीको समस्याबाट प्रदेशलाई मुक्त गराउदै विकास र समृद्धि प्रदेश बनाउने प्रतिबद्धता समेत मुख्यमन्त्री गुरुङले शुभकामना सन्देशमा दोहो¥याएका छन् । ‘यस संकल्पलाई साकार पार्न सवै नागरिकको पुर्ण साथ, समर्थन र सहयोगको अपेक्षा गर्दछु’ मुख्यमन्त्री गुरुङद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

कमेन्टहरु
Loading...