जनतालाई आधारभुत स्वास्थ्य सेवा दिन लागिपरेका छौ– मुख्यमन्त्री गुरुङ

पोखरा, २६ साउन / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका जनतालाई आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार लागिपरेको बताएका छन् ।

जनता अझै पनि आधारभुत स्वास्थ्य सेवाबाट बञ्चित बनिरहेको दृष्टान्त दिदै मुख्यमन्त्री गुरुङले प्रदेशबासीलाई आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउन योजनाबद्ध ढंगले अगाडि बढेको बताए ।

मातृशिशु मितेरी अस्पतालका आवास गृहको आइतबार पोखरामा शिलान्यास गर्दै मुख्यमन्त्री गुरुङले संभव भएसम्म आधारभुत स्वास्थ्य सेवालाई निशुल्क बनाइने समेत बताए । ‘गरिब जनताको स्वास्थ्य सेवालाई कसरी निशुल्क बनाउने, कसरी सरल बनाउने, केही न केही तिर्नुपरे पनि कसरी सस्तो बनाउन भन्ने विषयमा हामीले केही न केही सोच बनाइराखेकै छौ’ ‐ उनले भने ।

प्रदेशका ग्रामिण जनताले स्वास्थ्य सेवा लिन पोखरा आउनुपर्ने र क्यान्सर तथा मुटुको रोगका लागि काठमाडौ जानुपर्ने बध्यता हटाउन पनि प्रदेशले तयारी गरिरहेको उनको दावी थियो । क्यान्सर र मुटु रोगको विशिष्टकृत अस्पताल बनाउनका लागि प्रदेशले जग्गाको खोजी गरिरहेको र जग्गा प्राप्ति भएपछि विशिष्टकृत अस्पतालको थलानी गरिने उनले जानकारी गराए ।

उल्लेखित कामहरु चुनौतीपुर्ण भएकाले समय लागे पनि जनतालाई स्वस्थ्य सेवा उपलब्ध गराउन कटिबद्ध भएर लाग्ने मुख्यमन्त्रीको भनाई छ । पोखराको क्षेत्रीय अस्पताल व्यवास्थापनकै कमीले प्रभावकारी सेवा दिन नसकेको भन्दै संघ सरकारले प्रदेशलाई हस्तान्तरण गरे त्यसमा विशिष्टकृत सेवा दिन प्रदेश सरकार तयार रहेको बताए ।

कार्यक्रममा अस्पतालका सस्थापक अध्यक्ष कृष्णा थापाले निकट भविष्यमा अस्पताललाई ५० शैयाका बनाएर नर्सिङ कलेज बनाउने सोचमा आफुहरु रहेको बताए । प्रदेश संसाद समेत रहेका उनले उनले प्रदेश सरकार र निर्वाचन क्ष्ँेत्र विकास कोषबाट योजना बनाएर अस्पताललाई सुविधा सम्पन्न बनाउन विभिन्न क्षेत्रसंग छलफल भैरहेको जानकारी समेत गराए । उनले निकट भविष्यमा ६ वेडको एनआइसीयू कक्ष र २ वटा भिआइपी कक्ष बनाउने योजना समेत आफुहरु रहेको बताए ।

कमेन्टहरु
Loading...