पोखरामा दुई घण्टामा ५५ मिलीमिटर पानी, यस वर्ष कै बढि हावाको गति

283

सागर राज तिमिल्सिना
पोखरा, १३ जेठ /पोखरामा सोमबार दिउँसो हावाहुरीका साथ भीषण वर्षा भएको छ । पोखरामा करिब २ घण्टामा ५५ मिलीमिटर वर्षा भएको छ । हावा चल्नेमा भने यो वर्ष कै रेर्कड कायम गरेको क्षेत्रीय हावापानी कार्यालय पोखराले जनाएको छ ।

पानी सगैँ प्रति सेकेण्ड ३० मिटरको गतिमा हावा चलेको क्षेत्रीय हावापानी कार्यालय पोखराका नायव मौसम विज्ञान सहायक सुरेश खनालले जानकारी दिए । पोखरामा सोमबरा साढे दुई बजे देखी पानी पर्ने शुरु भएर साढे ४ बजे सम्म परेको थियो ।

एक साता अगाडी पोखरामा साढे दुई घण्टामा ५६ दशमलब ७ मिलीमिटर वर्षा भएको उनले जानकारी दिए । केही दिनयता लगातार वर्षा भएपनि सोमबार दिउँसो अत्यधिक वर्षाले पोखरेलीको जीवन अस्तव्यस्त बन्न पुगेको थियो ।

उनले प्रि–मनसुन सहित स्थानीय प्रभावका कारण पनि पोखरामा छोटो समयमै अत्यधिक वर्षा भएको बताए । कास्कीको लुम्ले नेपालमै सबैभन्दा बढी वर्षा हुने स्थलको रुपमा परिचित छ । सामान्यतया नेपालमा हरेक वर्ष जुन १० देखि मनसुन सुरु भई ३ महिनापछि २३ सेप्टेम्बर सम्म पश्चिमबाट बाहिरिने गर्छ । यसरी हेर्दा मनसुन सुरु हुन अझै १४ दिन बाँकी छ ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...