अब लिफ्ट चढेर विन्ध्यवासिनी मन्दिर दर्शन गर्न जान पाइने

गन्थन डटकम
पोखरा, १३ माघ/आउँदो फागुनको पहिलो साता देखि पोखराको बिन्ध्यासिनी मन्दिरमा लिफ्ट चढेर जान पाइने भएको छ । सकरभर फागुन १ मा नै सेवा सुरु गर्ने नत्र पहिलो हप्ताबाट लिफ्ट सेवा सुरु गर्ने तयारी भइ रहेको विन्ध्यवासिनी मन्दिर व्यवस्थापन समितिका सचिब तीर्थ श्रेष्ठले जानकारी दिए ।

विन्ध्यवासिनी दर्शन गर्न आउँने भक्तालुलाई मन्दिर जान सजिलो होस् भनेर लिफ्ट सेवा सुरु गरेको उनले सुनाए । लिफ्ट सेवा सुरु भए पछि मन्दिर दर्शन गर्न आउँने भक्तालुलाई सजिलो हुने अपेक्षा लिएको उनले बताए ।

‘विशेष गरि अपाङग, बुढाबुढी र धेरै तौल भएका भक्तालुलाई मन्दिर जान गाह्रो छ,’ उनले भने, ‘यस बारै अरु विकल्प पनि सोचिएको थियो । तर, भौगोलिक बनावटको हिसाबले पनि यही विकल्प उत्तम विकल्प हो भन्ने निष्कर्षमा पुगेर लिफ्ट सेवा सुरु गर्न लागेका हौं ।’

लिफ्ट निमार्णको कुल लागत ८० लाख रुपैयाँ अनुमान गरे पनि १ करोड हाराहारीको लागतमा लिफ्ट निमार्ण भएको उनले जानकारी दिए । लिफ्टको पोखराका औद्योगिक घराना लक्ष्मी हाउसको सहयोगमा बनेको हो ।

कमेन्टहरु
Loading...