पोखरामा रवीन्द्रको क्षेत्रमा मंसिर १४ गते उपनिर्वाचन हुने

काठमाडौं, १७ साउन /निर्वाचन आयोगले आगामी मंसिर १४ गते शनिबार उपनिर्वाचन गर्ने भएको छ ।

आयोगले विभिन्न राजनीतिक दल र सम्बद्ध सरोकारवालाहरुसँग छलफल गरेर उपनिर्वाचनको मिति तोकेको हो ।

विभिन्न कारणले रिक्त रहेका ५० पदका लागि उपनिर्वाचन हुने छ । एक प्रतिनिधि सभा सदस्य, ३ प्रदेश सभा सदस्य, उपमहानगर पालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १, गाउँपालिका तथा नगर वडाध्यक्ष ४१ गरि ५० पदका लागि उपनिर्वाचन हुने निर्वाचन आयोजले जनाएको छ ।

मिति तोकिएसँगै आयोग उपनिर्वाचनका लागि तयारीमा जुटेको छ । कास्की क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुनेछ । रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि खाली भएको थियो ।

कमेन्टहरु
Loading...