पोखराका तीन विद्यालय नेपाल मै उत्कृष्ट

पोखरा, २० भदौ / पोखराका तीन विद्यालय नेपाल मै उत्कृष्ट विद्यालय भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि

मन्त्रालयले ३९ औ राष्ट्रिय शिक्षा दिवस, २०७५ तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा पुरस्कृत हुने उत्कृष्ट

विद्यालयको नाम बुधबार सार्वजनीक गरेको छ । उत्कृष्टमा पोखराका सामुदायीक तर्फ अमरसिंह माध्यमिक

विद्यालय, शितलादेवी सामुदायिक विद्यालय र संस्थागत तर्फ मादरल्याण्ड माध्यमिक विद्यालय उत्कृष्ट भएका छन् ।

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा १२ मा राष्ट्रियस्तरमा सामुदायिक तर्फ पोखराको अमरसिंह माध्यमिक

विद्यालय पहिलो भएको छ । त्यसै गरी माध्यमिक शिक्षा परीक्षा कक्षा १० मा राष्ट्रियस्तरमा सामुदायिक तर्फ

शितलादेवी सामुदायिक माध्यमिक विद्यालय पोखरा पहिलो भएको छ । त्यसै गरी संस्थागत तर्फ मदरल्याण्ड

माध्यमिक विद्यालय मासबार पोखरा पहिलो भएको छ ।

पोखराका तीन विद्यालय नेपाल मै उत्कृष्ट
पोखराका तीन विद्यालय नेपाल मै उत्कृष्ट
कमेन्टहरु
Loading...