पोखराको लेखनाथमा पनि शंकास्पद बस्तु फेला

पोखरा, ५ चैत /पोखराको लेखनाथ स्थित सैनिक बस्तीमा पनि त्यस्तै संकास्पद बस्तु भेटिएको छ । त्यसलाई डिस्पोज गर्नका लागि सेनाको टोली पुगेको छ । पोखरा २९ सैनिकबस्ती स्थित नवदुर्गा मन्दिरचोकमा बम रहेको हुने सक्ने जनाएको छ ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आजका लागि नेपाल बन्द घोषणा गरेको थियो । शंकास्पद बस्तुहरु पनि सोही समूहले राखेको हुन सक्ने आशंका छ । यस अगाडी पोखराको दुई ठाउँमा शंकास्पद बस्तु भेटिएको थियो ।

गण्डकी प्रदेशसभा भवन प्रबेश गेट आगाडी शंकास्पद बस्तु भेटिएको छ । पोखरा ३ नदिपुरमा रहेको प्रदेशसभा भवन प्रबेश गर्ने गेट अगाडी शंकास्पद बस्तु भेटिएको हो ।

बम हुन सक्ने भएकाले नेपाली सेना डिस्पोजल गरेका छ । त्यसै गरि पोखरा ५ जिरोकिलो नजिकै शंकास्पद बस्तु फेला परेको थियो । त्यसलाई राती नै डिस्पोज गरेको छ ।

यद्यपी, बन्दको प्रभाव पोखरामा सामान्य छ । ठूला गाडीहरु नचलेपनि निजी साधनहरु चलिरहेका छन् । पसलहरु भने अन्य दिनभन्दा कम खुलेका छन् ।

 

कमेन्टहरु
Loading...