बजेटको चिन्ता नगरीकन रंगशालाको काम गर्न युवा तथा खेलकुद मन्त्रीको निर्देशन

पोखरा, ४ भदौ/ बजेट आईसकेको छैन् । बजेट नआउँदा पुर्वाधार विकासमा समस्या छ । प्याराग्लाईडिङ्गको चेन्जिङ रुम शौचालय, ट्रायथोलनको आवश्यक पुर्वाधार बनिसकेको छैन् । बहुउद्देश्यीय कर्भड हलभित्रको फ्लोरिङ गर्नुपर्ने छ । भारोत्तोलनको लागि पनि उस्तै पुर्वाधार बनाउनुपर्ने छ ।

तर बुधबार पोखरा रंगशाला आएका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बजेटको चिन्ता नगरीकन काम गर्न निर्देशन दिएका छन् । बुधबार पोखरा रंगशालामा निर्माणाधिन भौतिक पुर्वाधारको निरिक्षण गर्दै काम फटाफट गर्न निर्देशन दिए । ‘बजेटको अख्तियारी भईसकेको छ । केही दिनमै आउँछ ।’ उनले भने–‘चिन्ता नगरीकनै काम गर्नोस ।’

ह्याण्डबल खेल सञ्चालन बहुृउद्देश्यीय कभर्ड हलमा आयोजना गरिने छ । तर हलमा फ्लोरिङ गर्नुपर्ने, कुर्ची तथा साउण्ड व्यवस्थापन गर्नुपर्ने खाँचो छ । त्यसको लागि ५ करोड रुपैयाँ माग गरिएको छ । मन्त्री विकले तिब्र पुर्वाधार विकासको गतिले समयमै साग हुनेमा विश्वस्त हुन आग्रह गरे ।

रंगशालाभित्र निर्माणाधिन फुटबल मैदानको समेत निरिक्षण गर्दै समयमै सक्ने गरी कामलाई तिब्रता दिन ठेकेदार कम्पनीको पदाधिकारीलाई निर्देशन गरेका थिए । कम्पनीका पदाधिकारी दिपक बरालका अनुुसार अक्टोबर १२ मा मैदानको लागि दुबो सहितको चपरी आईपुग्ने बताए । नोभेम्बर १० भित्रमा मोडुलर सिष्टमको कुर्ची (प्यारापिट) आईपुग्ने उनले बताए ।

पोखरा रंगशाला
पोखरा रंगशाला

पोखरामा महिला फुटबल सहित ह्याण्डबल, आर्चरी, भारोत्तोलन, प्याराग्लाईडिङ, ट्रायथोलन, भलिबल, बिच भलिबल, महिला क्रिकेटका खेलहरु पोखरामा सञ्चालन हुने छन् । महिला क्रिकेटको विषयमा अझै अन्यौल छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले पोखरा रंगशालाभित्र फुटबल मैदान बाहेक प्याराग्लाईडिङ सहित अन्य पुर्वाधारको लागि ८ करोड ५८ लाख रुपैयाँ बजेट माग गरिएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगिले बताए । तर नियमीत कार्यक्रम बाहेक अन्य कार्यक्रमका बजेट आइनसेको बताए ।

बहुउद्देश्यीय कभर्ड वरिपरी दुवो रोप्ने अभियान शुरु गरिएको छ । ह्याण्डबल मैदानकै लागि ५० लाख रुपैयाँ, भारोत्तोलनका लागि १५ लाख रुपैयाँ, आर्चरीका लागि ९० लाख रुपैयाँ, प्याराग्लाईडिङका लागि ५० लाख रुपैयाँ खर्च लाग्ने भन्दै बजेट माग गरेको छ ।

कमेन्टहरु
Loading...