पोखरा उद्योग वाणिज्य संघमा दामु अधिकारी बिजयी अन्य पदमा प्रजु प्यानल (कस्को कति मत)

पोखरा, ६ असोज / पोखरा उदोग वाणिज्य संघको अध्यक्षमा दामु अधिकारी विजयी भएका छन् । उनले

प्रतिस्पर्धी रवीन्द्रबहादुर प्रजूलाई ७ मत अन्तरले पराजित गरेका छन् । दामु अधिकारीको १४७८ मत र रवीन्द्र

बहादुर प्रजूको १४७१ मत आएको छ । औपचारिक घोषणा भने भएको छैन ।

पदाधिकारीका अन्य पदमा प्रजू प्यानलले जितेको छ । वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला विजयी भएका

छन् । उनले १७१५ मत ल्याएका छन् भने यदुनाथ अधिकारीले १२३५ मत ल्याएका छन् । उद्योगतर्फ

उपाध्यक्षमा विन्दु कोइराला सुवेदी १७११ मत सहित विजयी भएका छन् । गीता कुमारी तिवारी गौतमको १२३८

मत आएको छ ।

उपाध्यक्ष वाणिज्यतर्फ पवनकुमार प्रजापती १८३६ मत सहित विजयी भएका छन् । यमनाथ पौडेलको ११०५

मत आएको छ । महासचिवमा अर्जुन पोखरेल १७०२ मतसहित विजयी भएका छन् । महासचिवका प्रतिस्पर्धी

किसान सुनारको १२४८ मत आएको छ ।

कोषाध्यक्षमा सुरेन्द्रमान बिजुक्छे १५०२ मत सहित विजयी भएका छन् भन प्रेमबहादुर भुजेलको १४४५ मत

आएको छ । उपमहासचिवमा चिनु कुमारी गुरुङ विजयी भएकी छन् । उनले सीता बराललाई पराजीत गरेकी हुन्

। औपचारिक घोषणा हुन बाँकी छ ।

कमेन्टहरु
Loading...