पोखरा @ न्यु इयर कहाँ कहाँ

श्याम राना
पोखरा, १६ पुस /उसो त, कुनै विशेष माहोल कुर्नू पर्दैन । पोखरा गुलजार बन्न । यसै पनि झकिझकाउँ रहन्छ पोखरा । यहाँ आउँने आन्तरिक तथा बाह्य पर्यटकको भिडले । अझ, डिसेम्बर अन्तिम साता । अर्थात, अंग्रजी नयाँ वर्षको सुरुवातमा पोखरामा गजबको माहोल जम्ने गर्छ । स्ट्रिट फेस्टिबल अर्थात सडक महोत्सवले । शुक्रबार, गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले महोत्सव उद्घाटन गरे । पर्यटकीय क्षेत्र लेकसाइडको साढे ३ किलोमिटर क्षेत्र सहिदचोकदेखि डिहिकोपाटन खहरेसम्म महोत्सव चलि रहेको छ ।

हरेक अंग्रजी नयाँ वर्षको छेको पारेर आयोजन गरिन्छ पोखरामा ‘स्ट्रिट फेस्टिबल’ अर्थात सडक महोत्सवको । नयाँ वर्ष मनाउँन पोखरेली मात्र होईन । बाह्य मुलुक र पोखरा आसपासबाट पनि मान्छे ओईरिन्छन् । ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने मुल नारा बोकेर सुरु हुने यो मेलाले पोखराको पर्यटनका लागि खास अर्थ राख्ने गर्छ । व्यवसायीले सडकमै खानाका मेनु सजाउँछन्, पस्कन्छन् । दिउसो लोक दोहोरी र झाँकी । रातमा पप कन्र्सटसँगै झुन्छन् पोखरेली । यो सडक महोत्सवको विशेषता नै हो ।

त्यसो त डिसेम्बर महिना पर्यटनको लागि अफ सिजन मानिन्छ नेपालमा । तर, पोखराको हकमा यो लागु हुँदैन । डिसेम्बर त यहाँका व्यवसायीका लागि आम्दानीको मुख्य स्रोत बन्ने गर्छ । रेस्टुरेन्टका टेबल र होटलका कोठा प्याक हुने गर्छन । पाहुनाको स्वागत गर्न भ्याईं नभ्याईं हुन्छ व्यवसायीलाई ।
न्यु इयर इभ विशेषमा घाँरीपाटनमा रहेको होटल सांग्रिलाले लाइभ कन्सर्टको आयोजना गरेको छ । पोखराका लोकल ब्यान्डसहित मध्य रातसम्म सांगीतिक कार्यक्रममा झम्न पाइने छ ।

‘पोखरेली कलाकारलाई प्राथमिकता साथै संस्कृतिलाई उजागर गर्ने छौं,’ होटलका रेसिडेन्ट म्यानेजर गुप्त गिरीले भने । न्यु इयर इभको स्पेसलमा गाला डिनर रहेको उनले सुनाए । गाला डिनरमा लाइभ स्न्याक्स बार्बिकीलगायत हुने छ । सँगसँगै वेलकम स्न्याक्स पनि हुने छ । लाइभ कन्सर्ट विथ कल्चरल प्रोगाममा सहभागी हुनका लािग प्रति व्यक्ति ४ हजारको टिकटदर तोकिएको उनले जानकारी दिए ।

लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टज बारले पनि न्यु इयर इभको दिन चर्चित डिजे र ब्यान्डको प्रस्तुती राख्दै छ । बेलुकी देखि मध्य रातसम्म सांगीतिक प्रस्तुती रहने सञ्चालक गोपी बहादुर भट्टराईले जानकारी दिए । ‘आउनुस् हामीसँगै रमाईलो गरौं । न्यु इयर मनाऔं,’ उनले भने ।
यस्तै, बिजिबी क्याफेमा पनि न्यु इयर विशेष कार्यक्रम राखिएको छ । मध्यरातसम्म पोखरेली ब्यान्डको सांगीतिक प्रस्तुती रहने सञ्चालक ज्याक तामाङले जानकारी दिए । ‘न्यु इयरमा खुसि साट्न हामीकहाँ आउनुस्,’ उनले भने ।

त्यसै गरि होटल वाराहीले न्यू इयर इभ स्पेसल कार्यक्रम गर्ने भएको छ । होटल वाराहीको स्विमिङ पुल नजिकै रहेको इभेन्ट सेन्टरमा न्यू इयर इभ स्पेसल कार्यक्रम गर्ने लागेको हो । कार्यक्रम राती ९ बजेदेखी मध्यराती १ बजेसम्म जारी रहने वाराही होटलका महाप्रबन्धक राजकुमार केसीले जानकारी दिए । इभमा पप गीतमा आफ्नो छुट्टै छवि बनाएका कमल खत्री र माण्डवी त्रिपाठीले प्रस्तुती राख्ने उनको भनाई छ ।

केसीका अनुसार लाइभ कन्सर्टका लागि साँझ साढे ७ बजेदेखि ढोका खुल्ला हुनेछ । कार्यक्रममा सहभागी हुनका लागि प्रति व्यक्ति ४ हजार रुपैयाँ टिकटदर तोकिएको उनले बताए । सो टिकटमा वेलकम ड्रिङ्क्ससहित बार्बिक्यु, स्न्याक्स र डिनर फ्रि हुने उनले जानकारी दिए । त्यसै गरी न्यू इयर इभको साँझ मनसुन रेस्टुरेन्टले ‘भेन्यू’ पाँचसय रुपैयाँतिरेपछि जो कोही पाहुना भेन्यूमा जान पाउने र मनोरञ्जनमा सहभागि हुन सक्ने रेष्टुरेन्टका मानव संशाधन विभाग प्रमुख दीपकप्रसाद घिमिरे जानकारी दिए ।

‘हामीले अहिलेका लागि न्यू इयर इभमा दिउँसोदेखि मध्यरातसम्म डिजेको साथमा विशेष कार्यक्रम गर्देछौ,’ उनले भने । हरेक शुक्रबार र शनिबार बेलुकी यहाँ नियमित सांगितीक कार्यक्रम संचालन गरेर पाहुनालाई भुलाउने गरि योजना बनाएको पनि उनले बताए । त्यसै गरि पोखराका ग्राण्ड होटल, ओजन लञ्च बार, पोखराका हल्नचोक नजिक रहेको पप डान्सीङ बोट, माउण्ट कैलास रिर्सोट लगाएतका होटल तथा रेष्टुरेन्टमा समेत कार्यक्रमहरुको आयोजना भएको थियो ।

कमेन्टहरु
Loading...