पोखरामा बैशाखमा केवलकार प्राविधिक परीक्षण, दशैंमा सर्वसाधारणले चढ्न पाउने (फोटो फिचर र भिडियो)

सागर राज तिमिल्सिना

पोखरा, १४ फागुन/पोखरामा निर्माण भईरहेको केवलकार बैशाख भित्रमा प्राविधिक परीक्षणको हुने भएको छ । बैशाख भित्र तारको लठ्ठा हालि सकेर गण्डोला जडान गरेर प्राविधिक/इन्जिनियरिङ परीक्षण गरिने निर्माण कम्पनीले जानकारी दिए ।

तीन चार महिना परीक्षणपछि दशैंमा सर्वसाधारणले केवलकार चढेर सराङकोटमा पुग्न सकिने केवलकार निर्माता अन्नपुर्ण केवलकार प्रालिका निर्देशक तीर्थराज त्रिपाठी बताए । प्रालिले २०७४ साल माघदेखि कामको थालेको थियो ।

केवलकार
केवलकार

अहिले सम्म ७० प्रतिशत काम सकिसकेको छ उनले बताए । भवन निर्माण अन्तिम चरणमा छ । मुख्य स्टेशनको काम भईरहेको छ । १८ टावर मध्ये १५ वटा टावर जडान भइसेका छन् भने अन्य ३ वटाको पनि बेसमेन तयार भईसकेको छ । अहिले जापानीज प्राविधिकले तार जोड्नका लागि आवश्यक काम गरिरहेको उनले बताए ।

केवलकार
केवलकार

जापानस्थित निपोन कम्पनीका सामानहरु केवलकारमा प्रयोग भएका छन् । सोही कम्पनीबाट तीनजना प्राविधिकले जडान कार्य गरिरहेका छन् । अन्नपूर्ण केवलकार पोखरा महानगरपालि १८ सेदी देखी सराङकोटसम्म दुई दशमलव ४ किलोमिटरको दुरीको छ । केवलकार निर्माणको सिभिलको काम भने चितवन कोई प्रालिले गरेको छ । सराङकोटको टावर १ हजार ५ सय १५ मिटरको उचाईमा रोकिने छ ।

तल्लो स्टेशन समुद्री सतहदेखि ८ सय ७० मिटरको उचाईमा छ । त्यो उचाई केवल ८ मिनेटको यात्रामा पुरा हुने छ । १८ वटा गण्डोला (डिब्बा) ले सर्वसाधारणलाई ओसार्ने छ । १७ वटा डिब्बाले यात्रु बोक्ने छ । एउटा डिब्बा भने सामान ओसार्न प्रयोग गरिने त्रिपाठीले बताए । प्रत्येक डिब्बा आठजना यात्रुको क्षमताको हुने उनले सुनाए । टावर ५ मिटरदेखि १५० मिटर दुरीको फरकमा राखिने छ । प्रतिघण्टा पाँच सय यात्रु आउजाउ गर्न सक्ने छन् ।

केवलकार
केवलकार

केवलकारको लागत करिब १ अर्ब ३१ करोड रुपैयाँ लाग्ने प्रालिका निर्देशक त्रिपाठीले जानकारी गराए । केवलकारले सनराईज बैंक तथा नेपाल राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानीमा निर्माण गरेको हो । केवलकार निर्माणले पोखराको पर्यटनमा नयाँ आयाम थपिने उनको दावी छ । आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकारबाटै मनोरम दृष्यावलोकन गर्न सहज हुने छ ।

पोखरामा यसरी बन्दै छ केबलकार

पोखरामा यसरी बन्दै छ केबलकार

Posted by Ganthan.com on Monday, February 25, 2019

कमेन्टहरु
Loading...