पोखरा नागढुंगाको पक्की घरमै चट्याङ ढलाने घर नै प्वाल परेपछि

पोखरा, २९ बैशाख /पोखरामा आइतबार हावाहुरी सगँ पानी आयो । गड्याङगुडुङ चट्याङ पनि पर्यो ।

सोही क्रममा परेको चट्याङले पोखराको नागढुंगा स्थित एक पक्की घरमा क्षति पुगेको छ ।
घरमै चट्याङले हान्दा तलाको ढलानमै ठूल्ठूला प्वाल परेको छ ।

भाग्यवश मानवीय क्षति भने हुन पाएन । यस विषयमा घर धनी बोल्न चाहेनन् । कास्की प्रहरीले यस विषयमा कुनै जानकारी नआएको प्रतिक्रिया दिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार ठूलो आवाजसँगै आगोको मुस्लो घरतिर आएको थियो । शहर बीचमै यसरी चट्याङले हान्दा स्थानीय चिन्तित छन् ।

घर निर्माणका क्रममा एन्टीलाइटिङ अर्थिङ प्रभावकारी ढंगले गर्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् ।

चट्याङ सावधानीका उपायहरु अपनाऔँ र अरुलाई पनि सिकाऔँ

कमेन्टहरु
Loading...