पोखरा महानगरको निर्णयप्रति ११ जना वडा अध्यक्षको असन्तुष्टी

पोखरा, २७ भदौ /नेपाली काँग्रेसका तर्फबाट विजयी बनेका वडा अध्यक्षले पोखरा महानगरपालिकाले सार्वजनिक

गरेको आर्थिक बर्ष ०७५/७६को बार्षिक विकास कार्यक्रमप्रति विरोध जनाएका छन् । महानगरमा काँग्रेसका

दलका नेता तथा सचेतक रामराज लामिछाने सहितका काँग्रेसका जनप्रतिनिधिले बुधबार विज्ञप्ति जारी गर्दै

कार्यक्रमप्रति विरोध जनाएका हुन् ।

विज्ञप्तिमा नगरसभाको निर्णय विपरीत योजना हटाएको, प्रस्तावित बजेट घटाएको तथा महानगरका प्रमुखले

आफ्नो मनोमानी रुपमा योजना हटाउने र नयाँ योजना थप गरेको आरोप लगाइएको छ । विज्ञप्तिमा नगरसभामा

प्रस्तुत भर्इ छलफल पश्चात पारित भएका कार्यक्रमलाई तोडमोड गरिएको भन्दै आश्चर्य प्रकट गरिएको छ ।

वन तथा वातावरण समितिले प्रस्तुत गरेको ४७ करोड ३५ लाख ८६ हजार ६ रुपैयाँ लाई घटाएर १९ करोड ७०

लाख बनाइएको विज्ञप्तिमा उल्लेख छ । संस्थागत सेवा प्रवाह समितिवाट ३१ करोड ५७ लाख २४ हजार ४ लाई

घटाएर १२ करोढ ५१ लाख बनाएको, ५ वटा विकास समितिले राखेका योजना हटाएर एकमुष्ठ राखिएको, गैर

सरकारी संस्थाहरुलाई बजेट विनियोजन गरिएको, वडालाई १५ वटा योजना ल्याउने भनेर ५ वटा मात्र समावेश

गरेकामा असन्टुष्टी बढेको लगायत उल्लेख छ ।

पोखरा महानगरको निर्णयप्रति ११ जना वडा अध्यक्षको असन्तुष्टी
पोखरा महानगरको निर्णयप्रति ११ जना वडा अध्यक्षको असन्तुष्टी
कमेन्टहरु
Loading...