पोखरामा विदेशमन्त्री स्तरीय बैठक हुने

पोखरा, २९ माघ/उपप्रधान एवं परराष्ट् मन्त्री कमल थापाले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का विदेश मन्त्रीस्तरीय वैठक पोखरामा हुन लागेको बताएका छन् ।

पोखरामा विदेशमन्त्री स्तरीय बैठक हुने
पोखरामा विदेशमन्त्री स्तरीय बैठक हुने

पोखरामा आयोजित एक कार्यक्रममा थापाले आगामी फागुन ३० देखि चैत ४ गतेसम्म हुने विदेश मन्त्रीस्तरीय वैठकमा सार्क राष्ट्का आठवटै देशका विदेश मन्त्रीको सहभागिता रहने जानकारी दिए ।

सार्क राष्ट्का विदेश मन्त्रीस्तरीय वैठक राजधानीपछि मोसफलमा गर्न लागिएको यो पहिलो हुने वताउदै उनले वैठकवाट गत वर्ष नेपालमा भएको सार्क शिखर सम्मेलनले गरेका निर्णयको समीक्षा हुने र दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सुदृढ हुने विश्वास व्यक्त गरे ।

विदेश मन्त्रीस्तरीय वैठकलाई सार्कको मिनी समिटको रुपमा समेत लिन सकिने धारणा राख्दै उनले यसलाई भव्यताका सम्पन्न गर्न स्थानीय राजनीतिक दल, नागरिक समाज, वुद्धिजीवी एवं स्थानीयवासीको सहयोगको खांचो औंल्याए । परराष्ट् मन्त्री थापाले वैठकको तैयारीका लागि पश्चिमान्चलका क्षेत्रीय प्रशासक, कास्कीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुसंग पनि छलफल गरेका थिए ।

कमेन्टहरु
Loading...