पोखरामा भूकम्पका दिवांगतको सम्झनामा सबै धर्मको गुरुहरु (फोटो फिचर )

सागर राज तिमिल्सिना
पोखरा, १२ बैशाख/विनाशकारी भूकम्पबाट दिवांगत भएका आत्माको चिर शान्ति र घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै पोखरामा शान्तिपुजा भएको छ । पुम्दिभुम्दिस्थित विश्व शान्ति स्तुपमा सामुहिक रुपमा विभिन्न धर्मका गुरुले स्वस्थीशान्ती गरे ।
पोखरा पर्यटन पूर्नजागरण समितिको आयोजनामा हिन्दु धर्म, बौद्धमार्गी, मुस्लिम, क्रिश्चियन, ओम शान्ति, हरेराम हरे कृष्ण लगायतका गुरुहरुले एकै ठाउँबाट स्वस्थीशान्ती गरेका हुन् । बिहान देखि नै पुजापाठ गरेर अघिल्लो वर्ष भूकम्प गए कै समयमा ५ मिनेट सामुहीक प्रार्थना समेत गरे ।

भुकम्पको कालो दिनको रुपमा स्मरण गर्दै आगामी दिनमा दुःखद आपद् आइनपरोस भनी सबै धर्मका व्यतिmहरुलाई एकै ठाउँमा राखेर पुजा आयोजना गरेको संयोजक गणेश भट्टराईले बताए । कार्यक्रमा विभिन्न व्यक्तिहरुले भूकम्पबाट पाठ सिकेर अझ उत्साहका साथ देश निमार्णमा लाग्नु पर्ने बताएका थिए ।santistupa bhukampa (8) santistupa bhukampa (7) santistupa bhukampa (6) santistupa bhukampa (5) santistupa bhukampa (4) santistupa bhukampa (3) santistupa bhukampa (2) santistupa bhukampa (1)

कमेन्टहरु
Loading...