पोखरामा बृद्धालाई बलात्कार भाग्दै गरेका युवक तनहूँबाट पक्राउ

पोखरा, २८ भदौ / प्रहरीले पोखरा महानगरपालिका ३१ लेखनाथको नहरचोकमा ७० बर्षिया बृद्धालाई बलात्कार

गरेको आरोपमा एकजना युवक पक्राउ गरेको छ । उनलाई तनहूँको आँबुखैरेनीबाट प्रहरीले पक्राउ गरेको हो ।

बेगनासताल नजिकै भाडाको घरमा बस्दै आएकी ७० बर्षिया बृद्धालाई बलात्कार गरेको भन्दै सोही घरको अर्को

कोठामा भाडामा बस्दै आएका ४५ बर्षिय रेवती रमण पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

बृद्धाको छोरा सामान किन्न बजार गएका बेला बुधबार दिऊसो बृद्धालाई पाण्डेले बलत्कार गरेको प्रहरीले

जानकारी दिएको छ । बलात्कार गर्ने युवकको श्रीमती तीज मान्न माईत गएका बेला रक्सीले मातेर बृद्धाको

कोठामा पसेर बृद्धालाई बलात्कार गरेका स्थानीय बताउँछन् ।

बृद्धालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा परीक्षण गरिएको छ । घटना भएपछि भागेका पाण्डेलाई तनहूँबाट पक्राउ

गरेको छ । भाग्दै गरेका उनलाई तनहूँ प्रहरीको सहयोगमा पक्राउ गरेको कास्की प्रहरी प्रबक्ता डिएसपी

रवीन्द्रमान गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...