पोखराको लेकसाइडमा दुर्घटना, एकको मृत्यु एक घाईते

सागर राज तिमिल्सिना
पोखरा, २२ असार/पोखरा ६ डिहिकोपाटन नजिकै दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । दुर्घटनामा परि पोखरा ५ मालेपाटन बस्ने १८ वर्षिय सुरज पौडेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पोखराको लेकसाइडमा दुर्घटना, एकको मृत्यु एक घाईते
पोखराको लेकसाइडमा दुर्घटना, एकको मृत्यु एक घाईते

दुर्घटना पछि घाईते दुबैको उपचारका लागि मेट्रोसिटि अस्पतालमा लगेकोमा पौडेलको अस्पतालमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ग८प ७२८४ र ग५प ४९२९ नम्बरको मोटर साइकल दुघंटना भएका थिए । दुबै मोटर साइकल चालक रहेको प्रहरीले जानकारी दिएको छ । अर्का घाइतेको परिचय खुलिनसकेको प्रहरीको भनाई छ ।

मृतक पौडेलको सवलाई पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ । स्थानीयले एउटा रातो रंगको सवारी पनि दुर्घटनामा ठक्कर खाएको बताएका छन् । रातो सवारीको पनि खोजी कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...