पोखरा लेकसाइडमा ग्यास विस्पोटहुदाँ दुई घाईते

पोखरा, २५ असोज/पोखरा लेखनाथ महानगर पालिका वडा नम्बर ६ मा लेकसाइडमा ग्यास फेर्ने क्रममा विस्पोट हुँदा दुई जना घाइेत भएका छन् ।

पोखरा ६ को वडा कार्यालय नजिकैको एक घरमा ग्यास चेन्ज गर्ने क्रममा विस्पोट हुदाँ प्रतिक्षा पाण्डे र विक्रम नेपाली घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको पोखरा गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको हात, खुटा र अनुहारमा आगोले पोलेको कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

विस्पोट हुदाँ ठुलो आवाज सहित विस्पोट भएको उनले जानकारी दिए । उनले ग्यास फेर्दा, ग्यास बनाउदा, ग्यासका अन्य काम गर्दा सबैलाई सचेतना अपनाउन समेत आग्रह गरे ।

कमेन्टहरु
Loading...